Skip to main content

धनगढी न्यूज

Day: October 7, 2024

७ लाख नगद राशिसहितको कोडफेष्ट २०२४ आयोजना हुँदै

७ लाख नगद राशिसहितको कोडफेष्ट २०२४ आयोजना हुँदै

कोड फर चेन्ज नेपालले कोडफेष्ट २०२४ का लागि पूर्व घोषित मितिको दर्ता कार्य तथा कार्यक्रमको रुपरेखामा व्यापक हेरफेर गरेको छ । सेप्टेम्बर १७ अन्तिम मिति तोकिएकोमा हाल उक्त दर्ता मिति २०२४ नोभेम्वर १० सम्म राखिएको छ । कोडिङमा आकर्षित विद्यार्थीहरुको बृहत सहभागिता तथा पहिले नै दर्ता भैसकेका १७१ टिम लगायतलाई अधिकतम फाइदा पुग्ने गरी सो दर्ता अवधी तोकिएको आयोजकले जनाएको छ । दर्ता शुल्क रु. ५००० तोकिएको भएता पनि क्याम्पसमा अध्ययनतर विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था समेत गरिएको छ । जसमा कुनै एउटै क्याम्पसबाट तीन ओटा टिम दर्ता भएमा जम्मा दुई ओटा टिमले मात्र दर्ता शुल्क बुझाउनु पर्नेछ…
Read More
भीम रावललाई अनावश्यक भ्रम नछर्न एमाले सुदुरपश्चिमको चेतावनी

भीम रावललाई अनावश्यक भ्रम नछर्न एमाले सुदुरपश्चिमको चेतावनी

नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम  रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ । केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए । नेपाल प्रेसमा भट्टले दिएको अभिव्यक्ति गलत रहेको भन्दै रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैशीले विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन् । नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम  रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ । आज  सोमबार प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको छ । यस्तो छ प्रेस विज्ञप्ति : हाम्रो…
Read More
नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

धनगढी । भारतबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ । भारतसँग जोडिने सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको धनगढी त्रिनगर क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबाटै भारतबाट भित्रिने यात्रुले अनेक हैरानी खेपिरहनु परेको हो । भारतीय सुरक्षाकर्मीलाई अनाहकमा नगद बुझाउनुपर्ने, त्यसमाथि अनेक हप्कीदप्की सहन गर्दै आफ्नै देशको भूमिमा पुगेका उनीहरूमध्ये कतिपयले नेपाली सुरक्षाकर्मीलाई पनि अनावश्यक रूपमा नगद रकम बुझाउनुपर्ने बाध्यता रहेको बताएका छन् । बिहीबार भारतको दिल्लीबाट दसैं मनाउन घर फर्किंदै गरेका बाजुराको त्रिवेणी नगरपालिकाका शंकर विकको समूहले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई ठाउँठाउँमा पैसा दिनु परेको बताएको छ ।…
Read More
नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता ?

नेपाल प्रिमियर लिगमा ६४ खेलाडी बिके, को कता ?

काठमाडौं : नेपाल प्रिमियर लिगको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाखमा बिक्री भएका छन्। गुलशन कुमार झा ललित राजवंशी, अनिल कुमार शाह, भीम सार्की, आरिशफ शेख, विवेक कुमार यादव, शाहब आलमलगायत खलाडी सर्वाधिक १५ लाख मुल्यमा बिक्री भएका हुन्। अक्सनको पहिलो चरणमा विनोद भण्डारी, पुथु वास्कोटा, शरद भेषावकरजस्ता उत्कृष्ट खेलाडी पनि अनसोल्ड भएका थिए। एक सय ६२ खेलाडी समावेश गरिएको अक्सनमाको पहिलो चरणमा ६४ खेलाडी बिकेका थिए। ए र बी श्रेणीमा नविकेका खेलाडीलाई श्रेणी घटाएर दोस्रो चरणमा विसलिस्टसहित अक्सन भएको थियो। पहिलो चरणमा ए श्रेणीका १० खेलाडी अनसोल्ड भएका थिए। सर्वाधिक १५ लाखमा विकेका गुल्सन कुमार झालाई लुम्बिनी बाहेक ७ टिमले…
Read More