Skip to main content

धनगढी न्यूज

Month: October 2024

छ जना उत्कृष्ट जलवायु स्मार्ट उद्यमशीलता युवाहरुलाई एक लाख पच्चिस हजार रकमको अनुदान पुरस्कार प्रदान

छ जना उत्कृष्ट जलवायु स्मार्ट उद्यमशीलता युवाहरुलाई एक लाख पच्चिस हजार रकमको अनुदान पुरस्कार प्रदान

वातवरण तथा जलवायु विकासमा नेपाली युवा (NYCAGG), युरोपेली संघको ( European Union) अर्थिक सहयोगमा युथ इनोभेसन ल्याब, रेस्टलेस डेभ्लपमेन्ट नेपाल,अनुसन्धान तथा दिगो विकास नेपाल (CREASION) र सिडिएमएस द्वारा संयुक्त रुपमा संचालित बहुवर्षिय परियोजना अन्तर्गत जलवायु स्मार्ट उद्यमशीलताको पुरस्कार दिवसमा कार्तिक दोस्रो सात भव्य रूपमा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्रिएसन नेपालद्वारा सम्पन्न गरियो। यस जलवायु स्मार्ट उद्यमशीलता कार्यक्रमको मुख्य उद्देश्य जलवायु र वातावरणीय चुनौतीहरुलाई सम्बोधन गर्ने खालका विचारधारा, आविष्कार र युवा उद्यमीहरुको लागी अवसरहरु प्रदान गर्नु हो । जस अन्तर्गत सुदुरपश्चिम प्रदेशका १५-२९ वर्ष उमेर समुहका युवाहरुलाई विभिन्न माध्यमबाट आवेदन आह्वान गरिएको र त्यस मध्यबाट उत्कृष्ट २० छनोट गरि बिगत ३ महिना…
Read More
धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ। गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन्। बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी हुन्। डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने किसान सुशीला बिष्टले बताइन्। उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन्। ’यो वर्ष हामीले डेढ बिघामा पुष्पखेती गरेका छौँ,’ उनले भनिन्, ‘दसैंदेखि नै फूल बिक्री गर्न थालेका छौँ र तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको छ।’ फूल अन्यत्र पठाउन…
Read More
सशक्त नारीको विम्वगत चित्रण

सशक्त नारीको विम्वगत चित्रण

सहज पक्कै थिएन एउटी नारीलाई त्यहाँ पुग्न जहाँ पुगेकी छिन्, त्यो बन्न जो अहिले बनेकी छिन् , त्यो गर्न जो अहिले गरिरहेकी छिन् अनि ती लक्ष्य सँगाल्न जुन सँगालेर राखेकी छिन् । जन्मिदै गरिने स्वघोषित वा अघोषित लैंगिक विभेदलाई चिर्नु आफैमा एक कठिन कार्य हो । अझ आजकाल त कतिपय अवस्थाहरुमा नजन्मिदै गरिने विभेदले पो मुटु थरथराउँछ , सशंकित बनाउँछ । यस कठोर मान्यतावीच सामान्य बालकझैँ हुर्कदै , बढ्दै , पढ्दै उनको पनि बाल्यकाल वित्यो होला । यसैवीच कुनै घटनाले अनायासै मस्तिष्कमा गाढेको गहिरो सपना अचेल अँगालिएको छ । आफू जान्ने , बुझ्ने भएदेखि देखेको , अनि देख्दै सिकेको अन्तर्बोध…
Read More
१ दिने लागू औषध दुर्व्यसन सम्बन्धी अन्तरक्रिया सम्पन्न

१ दिने लागू औषध दुर्व्यसन सम्बन्धी अन्तरक्रिया सम्पन्न

फिडल्याण्ड र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश SPS Core Team द्वारा गौरिगंगा नगरपालिकामा आयोजना गरिएको १ दिने लागू औषध दुर्व्यसन सम्बन्धि 2250 Discussion Event पुर्व मुख्यमन्त्री माननीय राजेन्द्र रावल ज्युको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि माननीय प्रदेश सभा सदस्य श्री धर्मराज पाठक, गौरिगंगा नगरपालिका नगर उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री भोज बहादुर बम, मालाखेती कैलालीका डिएसपी श्री गंगा बहादुर थापा जयुको विशिष्ट आतिथ्यमा मिति २०८१ असोज २१ सम्पन्न भएको छ । उक्त अन्तक्रिर्या कार्यक्रमका अतिथिहरु सुदूरपश्चिम परिषद सदस्यहरु श्री भिम राज अम्मै , श्री बिनोद बोहरा, श्री तोय राज जोशी निवर्तमान वडा ०९ का वडा अध्यक्ष श्री…
Read More
काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु गरिएको छ । मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकलाई वितरणको शुभारम्भ गरेका हुन् । मेलम्चीका स्थानीय समितिले सङ्घर्ष समिति नै बनाएर विभिन्न मागहरु राखेका थिए । हिजो खानेपानीमन्त्री यादव र स्थानीयबीच भएको वार्तामा पानी पठाउने सहमति भएको थियो । मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि थियो। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेका अनुसार सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडका विभिन्न वितरण शाखामार्फत…
Read More
बोल्न र सुन्न नसक्ने मानिस हराएको

बोल्न र सुन्न नसक्ने मानिस हराएको

ठेगाना बल्चौर कैलाश धाम बस्दै आएको लक्ष्मी प्रसाद आचार्य नाम गरेको ब्यक्ति मिती २०८१-६-२१ गते दिउसोको अन्दाजी समय २:०० - ३:०० बजे हिँडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको हुनाले यदि कसैले भेटाएमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु । सम्पर्क गर्ने ब्यक्तिको नम्बर: राधा आचार्य, टिकापुर ९७६८४६५०५३-९८४४८४४१३४ १००(प्रहरी ) हूलिया नाम: लक्ष्मी प्रसाद आचार्य हाईट: ५'३" अन्दाजी। रङ: गहु गोरो पहिरन : टिसर्ट र हल्फ पैन्ट । सम्पर्क न: ९७६८४६५०५३ बोल्न र सुन्न नसक्ने ।
Read More
२५ वर्षमा बदलिएको बर्दिवास

२५ वर्षमा बदलिएको बर्दिवास

२२ असोज, जनकपुरधाम । दोलखा तामाकोशी गाउँपालिका–४, च्यामाकोशीका ५१ वर्षीय नारायण घिमिरे २०६९ सालमा महोत्तरीको बर्दिवासमा बसाइँ सरे । बर्दिवास नगरपालिका–३, गौरीबाडामा बस्दै आएका घिमिरेको बजार चोकमै गौरीशंकर होटल एण्ड लज सञ्चालनमा छ । बसाइँ सर्नुअघि उनी काठमाडौंमा मोटर व्यवसायमा आबद्ध थिए । व्यापारिक दृष्टिकोणले बर्दिवास उपयुक्त लागेकोले दोलखाबाट यहाँ बसाइँ सरेको उनी बताउँछन् । ‘म मोटर व्यवसायी थिएँ । विभिन्न ठाउँ घुम्नुपर्थ्यो । यहाँको शान्त वातावरण, व्यापारको सम्भावना र अन्यत्र जाने सुविधाले ठाउँ उपयुक्त लाग्यो’, उनले भने । घिमिरे भन्छन्, ‘यहाँ केही आफन्तहरू पनि बसेकाले अपनत्व महसुस भयो । अनि दोलखाको घरघडेरी बेचेर सरें ।’ बुवा फौदसिंह घिमिरे र…
Read More
अत्तरियामा डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना

अत्तरियामा डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना

अत्तरिया । कैलालीको अत्तरिया स्थिति मोहना अत्तरिया ६ लेन सडकको डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना भएको छ । मंगलबार बिहान सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस सडकको बिच भागको डिभाइडरमा ठोक्किएर क्षती भएको हो । दुर्घटनामा कुनै मानविय क्षती भएको विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।उनले हाइस नियन्त्रणमा लिएको बताए ।
Read More
गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

धनगढीः कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लागेको छ। सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लाग्न थालेको छ। हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै यहाँका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको संख्या उल्लेख्य रुपमा बढेको हो। घर फर्किनेको चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ। सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो। दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन्।             हिजो…
Read More
अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड

अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड

धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ। अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का लगायत समुहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोगक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले जनाएको छ। ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज (मंगलवार)  देखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ। दसैँ तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो। तर प्रदेर्शनी बजार सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको…
Read More