Skip to main content

धनगढी न्यूज

अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड

Advertisement

धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ।

अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का लगायत समुहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोगक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले जनाएको छ। ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज (मंगलवार)  देखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ।

दसैँ तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो। तर प्रदेर्शनी बजार सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको छ। यस विषयमा आफुलाई कुनै जानकारी नभएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए।


‘यस्तो बजार आयोजना हुनदिनुपर्छ। उद्योग वाणिज्य संघ अत्तरियाले यसमा कुनै अवरोध गरेको छैन र गर्ने पनि छैन।’ तर अध्यक्ष बोहराले यस्तो बताइरहेका बेला उद्योग वाणिज्य संघकै केही पदाधिकारीले बजार लाग्न नदिने भन्दै तोडफोड गरेको आयोजकको दाबी छ। विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम नै तय भइसकेको अवस्थामा स्टल तोडफोड गर्ने काम भएको हो।

प्रवर्द्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने आयोजकले जनाइएको छ। स्टलहरु निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइनेछ। कार्तिक १७ गते सम्म सञ्चालन हुने प्रवद्र्धन बजारमासुदूरपश्चिमका उत्पादनसँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने जनाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...