Skip to main content

धनगढी न्यूज

नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

Advertisement

धनगढी । भारतबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ । भारतसँग जोडिने सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको धनगढी त्रिनगर क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबाटै भारतबाट भित्रिने यात्रुले अनेक हैरानी खेपिरहनु परेको हो ।

भारतीय सुरक्षाकर्मीलाई अनाहकमा नगद बुझाउनुपर्ने, त्यसमाथि अनेक हप्कीदप्की सहन गर्दै आफ्नै देशको भूमिमा पुगेका उनीहरूमध्ये कतिपयले नेपाली सुरक्षाकर्मीलाई पनि अनावश्यक रूपमा नगद रकम बुझाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

बिहीबार भारतको दिल्लीबाट दसैं मनाउन घर फर्किंदै गरेका बाजुराको त्रिवेणी नगरपालिकाका शंकर विकको समूहले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई ठाउँठाउँमा पैसा दिनु परेको बताएको छ । ‘एक एक सय गरी तीन ठाउँमा तीन सय भारु बुझायौं,’ विकले भने ‘हाम्रो सीमानामा प्रवेश गरिसकेपछि सुरुकै विन्दुमा खटिएको सशस्त्र प्रहरीले एक सय भारु माग्यो, त्यसपछि नेपाल प्रहरीको टोलीले रकम माग्यो र पुल पार गरेर यता आइसकेपछि फेरि सशस्त्र प्रहरीले सुटुक्क एक सय भारु माग्यो ।’

आफ्नै देशमा यस्तो हैरानी खेप्नु पर्दा धेरै दुःख लागेको विकले बताए । भारतीय क्षेत्रका सुरक्षाकर्मीलाई पनि सीमामा तीन सय भारु बुझाएर स्वदेशको भूमिमा पाइला टेकेदेखि नै हैरानी खेप्नु परेको भन्दै उनीहरूले गुनासो गरे ।

यतिबेला सीमा क्षेत्रमा अघिपछि भन्दा अत्यधिक घुइँचो छ । सुदूरपश्चिमेलीको मुख्य रोजगारस्थल भारतका विभिन्न सहर हुन् । दसैं तिहारको अवसर पारेर धेरैजसो घर फर्किने गर्छन् । सुरक्षाकर्मीले भारतबाट काम गरेर फर्किंदै गरेका कतिपय यात्रीको समूहबाट रकम अुसल्ने मात्रै होइनन्, सर्वसाधारणलाई चेकिङका नाममा गर्ने व्यवहारले पनि हैरान बनाइरहेको गुनासो छ । नेपाली सीमाप्रवेश गरिसकेपछि करिब पाँच सय मिटरको दूरीमा भन्सार कार्यालयबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक गरी पाँच ठाउँमा सुरक्षाकर्मीले पोस्ट खडा गरेका छन् । तीमध्ये दुई ठाउँमा सशस्त्र प्रहरी र ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले दुई वटा युनिटले अलग–अलग ठाउँमा चेक गर्ने गरेका छन् ।

भारतको महाराष्ट्रबाट आएका डोटीका टेकबहादुर कठायतले भने ‘त्यति छोटो दूरीमा चेक गर्नु पर्ने भन्दै पुलिसले चाररपाँच ठाउँमा हाम्रो झोलीझुम्टा उधिन्छन् । आफ्नै देशका पुलिसले हामीलाई चोर जस्तो व्यवहार गर्छन् ।’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसी सीमा क्षेत्रमा ट्राफिक र प्रहरी गरी नेपाल प्रहरीका दुई वटा टोलीले चेक गर्ने गरेको बताउँदै भने, ‘हामी शून्य सहनशीलताको नीतिमा छौं । कुनै प्रहरीले कमजोरी गरेको पाइएमा कारबाही गर्छौं र करेक्सन गर्छौं ।’ उनले सीमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सुरक्षा व्यवस्था मिलाइएको बताए ।

यस्तै, सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख दलबहादुर पाण्डे कसैले पनि अनावश्यक सास्ती खेप्नु नपरोस् भन्नेमा सतर्क रहेको बताउँछन् । ‘हाम्रा प्रहरी कसैबाट पनि कुनै कमजोरी नहोस् भनेर म बेलाबेला आफैं पनि सादा पोसाकमा अनुगमन गरिरहेको छु र अर्को टोली पनि खटाएको छ,’ पाण्डेले भने ‘सीमा क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरीको प्वाइन्ट छ । ती मध्ये दुई ठाउँमा चेक हुन्छ । अन्तर्राष्ट्रिय सीमा हो । सुरक्षा संवेदनशीलता, अवैध सामग्री भित्रिन नपाओस् र राजश्व चुहावट नियन्त्रण हाम्रा प्राथमिकता हुन् । त्यसैले यी कामका लागि सशस्त्र प्रहरी आफ्नो जिम्मेवारीमा सतर्क छ ।’

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...