Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम रोयल्सको धनगढीमा आइतबार टाइलेण्ट हण्ट र सोमबार र्‍याली

Advertisement

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि टाइलेण्ट हण्ट सुरु हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । टाइलेण्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको छ ।

टाइलेण्ट हण्टमा सहभागी हुन चाहाने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्टेसन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो । टाइलेण्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले टाइलेण्ट हण्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो । आइतबार टाइलेण्ट हण्ट सकेर सुदूरपश्चिम रोयल्सले केहि दिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले मंसिर ३ गते धनगढीको चौराहादेखि रङ्गशालासम्म र्‍यालीको पनि आयोजना गर्ने भएको छ । र्‍यालीमा सहभागी हुन मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी लगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता रहने र र्‍यालीको तयारी भइरहेको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

उनले सुदूरपश्चिमको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सको सिंगो टिम लागि परेको भन्दै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमीलेलाई र्‍यालीमा सहभागी भएर टिमको हौसला बुलन्द गरिदिन हुन आग्रह समेत गरेका छन् ।

 

त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाण्डौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाण्डौं जानेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...