Skip to main content

धनगढी न्यूज

अबरुद्ध बैतडी–दार्चुला सडक खण्ड सुचारु

Advertisement

बैतडीः बैतडी–दार्चुला अवरुद्ध सडकखण्ड सुचारु भएको छ।

आइतबार साँझ ६ देखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार अवरुद्ध सडक सुचारु भएपछि यातायातका साधन गन्तव्यतिर लागेका छन्।

बैतडीको पाटन नगरपालिका–४ को जेउडेमा मोड सुधारको क्रममा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। बिहान ५ बजेदेखि ३ वटा स्काभेटर प्रयोग गरेर १० बजेबाट सडक खुलाइएको हो। अहिले दुवै जिल्लाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधन चल्न थालेका छन्। दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझ ६ बजे माथिबाट पहिरो खसेको थियो।

केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो। सोही क्रममा पहिरो खसेर सडक अवरुद्ध बन्न पुगेको थियो। त्यसपछि बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधन आइतबार रातभरी बिच बाटोमै रोकिन पुगेका थिए। अहिले भने एकतर्फी रुपमा भए पनि सवारीसाधन सञ्चालन भएको प्रहरीले बताएको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...