Skip to main content

धनगढी न्यूज

Day: November 18, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली

रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो । र्यालीमा स्थानीय संस्कृति र…
Read More
पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको छ। हिजो आइतबार दिउँसो निधन भएका ढुंगानाको पार्थिव शरीर आज सोमबार बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति त्यहाँ पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो। सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरको अन्त्येष्टि राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा गरिने छ।थाहा खबर बाट शाभार
Read More
अबरुद्ध बैतडी–दार्चुला सडक खण्ड सुचारु

अबरुद्ध बैतडी–दार्चुला सडक खण्ड सुचारु

बैतडीः बैतडी–दार्चुला अवरुद्ध सडकखण्ड सुचारु भएको छ। आइतबार साँझ ६ देखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार अवरुद्ध सडक सुचारु भएपछि यातायातका साधन गन्तव्यतिर लागेका छन्। बैतडीको पाटन नगरपालिका–४ को जेउडेमा मोड सुधारको क्रममा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। बिहान ५ बजेदेखि ३ वटा स्काभेटर प्रयोग गरेर १० बजेबाट सडक खुलाइएको हो। अहिले दुवै जिल्लाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधन चल्न थालेका छन्। दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझ ६ बजे माथिबाट पहिरो खसेको…
Read More
सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

धनगढीः सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ। यहि मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगाएत महोत्सव आयोजक टीमले आइतवार निमन्त्रणा गरेका हुन्। प्रधानमन्त्री लगाएत अर्थ मन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको आयोजक टीमले जनाएको छ। दिनेश खबर बाट शाभार
Read More
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा  निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८…
Read More