Skip to main content

धनगढी न्यूज

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

Advertisement

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा चीन जान लागेकी हुन्। उनी दिउँसो साढे १२ बजे छेङ्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ।

त्यसपछि मन्त्री राणा पर्सि शनिबार काठमाडौं फर्किने तालिका छ। फेरिप्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जाने कार्यतालिका छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यो भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ। थाहा खबर बाट शाभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...