Skip to main content

धनगढी न्यूज

बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गरिने

Advertisement

धनगढीः बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ।

बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एवं अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा बडीमालिका फैलिएको छ। बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने जनैपूर्णिमा मेलामा बडीमालिका क्षेत्रमा विशेष भीड लाग्ने गरेको छ।

बाजुरा जिल्लाका स्थानीय तहहरू, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार गरेर बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बडीमालिका धार्मिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए। उनले भने, ‘बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गर्नुपर्छ। हजारौँ धार्मिक पर्यटकहरू आउने सम्भावना छ। बडीमालिकाको सम्पदालाई जोगाउनुपर्छ।

आगामी आर्थिक वर्षमा संरक्षित क्षेत्रको रूपमा बजेट विनियोजन हुन्छ।’ बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन कठिन र कष्टकर छ। बडीमालिका क्षेत्रको यात्रामा सामान्य सुविधा एवं सहजता भेट्न मुस्किल छ। तीर्थालुका लागि विश्रामस्थानको व्यवस्था बडीमालिकामा  छैन। उकालो र भिरको बाटोले यात्रुलाई समस्या हुने गरेको छ। बडीमालिका पुग्ने पर्यटक वा तीर्थालुले पानीको जोहो पनि आफैँ गर्नुपर्ने बाध्ययता छ। धार्मिक तथा तीर्थस्थलका रूपमा रहेको बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको छ।

वन तथा वातावरण मन्त्री शाहीले बडीमालिका लगायत क्षेत्रको अध्ययन जारी रहेको बताए। उनले भने, ‘पालिकाले माग गर्दै प्रदेश हुँदै मन्त्रालय जाने हो। वन तथा वातावरण मन्त्रालयले मन्त्रीपरिषद्बाट निर्णय गराउछ।’ बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमामा पर्ने बडीमालिका क्षेत्रको संरक्षणका लागि स्थानीय तहहरू, सुदूरपश्चिम प्रदेश सरकार र नेपाल सरकारले संयुक्त रूपमा योजना तयार गर्ने भएका छन्। स्थानीय तहहरुका योजना प्रदेश सरकारले छनौट गर्दै संघीय सरकारमा पठाउने छ।

स्थानीय सरकारहरू र सुदूरपश्चिम प्रदेश सरकारको माग र आवश्यकता अनुसार संघीय सरकारले बजेट विनियोजन गर्ने तर्क गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पुराततत्व विभागका साथै सुदूरपश्चिम र कर्णाली प्रदेश एवं बाजुराको बडीमालिका र त्रिवेणी नगरपालिका साथै कालीकोटको सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाले मनोमानी रूपमा भौतिक संरचना निर्माण गर्दै आएका छन्।

आर्थिक वर्ष २०६८/६९ को वार्षिक बजेटमा बडीमालिका संरक्षित क्षेत्र घोषणा गरिएको थियो। तर, बिना योजना मनोमानी संरचना बनाउने काम रोकिएको छैन। बडीमालिकाको मूल मन्दिर नै जीर्ण अवस्थामा छ। वन तथा वातावरण मन्त्री शाहीले सीमा विवाद स्थानीय तहहरूले टुङ्गो लगाउनुपर्ने बताए। बडीमालिका मन्दिर ४ हजार २१९ मिटर उचाइमा रहेको छ। यो ठाउँ आफैँमा लेक लाग्ने ठाउँ पनि हो। तीर्थालु सास फुलाउँदै जेनतेन मन्दिरसम्म पुग्ने गरेका छन्।दिनेश खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...