Skip to main content

धनगढी न्यूज

जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम

Advertisement

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सलाई हराउँदै शीर्षस्थानमा उक्लीएको छ। यस अघि चार खेलमा अपराजित रहँदै जनकपुर शीर्ष स्थानमा थियो।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो।

जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ रन बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था ७,  हर्ष ठाकर ५, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान ४, अर्निको यादव १,  कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए।

सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान २, स्कट कुगेलेइन, सैफ जेव, र नरेन साउदले एक विकेटले लिए। जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिएको थियो।

सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन  म्याकलेन ११, स्कट कुगेलेइन ७,  आरिफ शेख ६ र नरेन साउदले  ३ रन बनाए। हर्मित सिंह एक रन थप्दादिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए।  नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहेका थिए। जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान २÷२, हर्ष थाकरले एक विकेट लिए। दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...