11
Dec
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सलाई हराउँदै शीर्षस्थानमा उक्लीएको छ। यस अघि चार खेलमा अपराजित रहँदै जनकपुर शीर्ष स्थानमा थियो। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ रन बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३, लाहिरू मालिन्था ७, हर्ष ठाकर ५, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान ४, अर्निको…






