Skip to main content

धनगढी न्यूज

Month: December 2024

कैलालीमा अंश विवाद, २८ जना विरुद्ध ११ जनाले हाले अदालतमा मुद्दा

कैलालीमा अंश विवाद, २८ जना विरुद्ध ११ जनाले हाले अदालतमा मुद्दा

धनगढीः नेपालमा फैजदारी र देवानी गरी मुद्दालाई मुख्यतया दुई प्रकारले विभाजन गरिएको छ। कानुनले निषेध गरेको कुनै पनि काम गरेमा कसैलाई कम्तीमा एक दिन कैद सजाय वा कम्तीमा एक रूपैयाँ जरिवाना हुन्छ भने त्यो फौजदारी मुद्दा हुन्छ। जस्तै, १८ वर्ष नपुगेकी किशोरीसँग सहमतिमा शारीरिक सम्पर्क गरे पनि जबरजस्ती करणी हुन्छ। यस्तो घटना फौजदारी मुद्दामा दर्ता हुन्छ। त्यसैगरी कसैको पद, सम्पत्ति वा पारिवारिक सम्बन्धसँग सम्बन्धित मुद्दालाई देवानी मुद्दा भनिन्छ। जस्तै, अंश, लेनदेन, सम्बन्ध विच्छेद तथा नाता कायम मुद्दा देवानी अन्तर्गत पर्छन्। कैलालीमा पछिल्लो समय देवानी मुद्दा अन्तर्गत अंश मुद्दाको संख्या बढ्दै गएको छ। जिल्ला अदालत कैलालीको दैनिक पेशी (मंगलबार) सूचीअनुसार अंश मुद्दा अन्तर्गत…
Read More
टमाटर बेचेर वार्षिक सात लाख बचत

टमाटर बेचेर वार्षिक सात लाख बचत

घोराही : घोराही उपमहानगर–१२ हापुरका जयबहादुर रोकाको बारीमा यति वेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बेच्न भ्याइनभ्याइ छ।   विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। भाउ पाएका वेला उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उहाँ बताउनहुन्छ। ‘यो वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु।’ रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट बसाइँ सरेका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरे। उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका थिए। हाल उनी टमाटर बेचेरै खर्च कटाएर वार्षिक रु. सात लाख बचाउँछन्। वार्षिक रु. १८ लाखको टमाटर…
Read More
धनगढीको एसपिएमा बिआइएम अध्ययनरत विद्यार्थीद्धारा आइटी कम्पनी अवलोकन

धनगढीको एसपिएमा बिआइएम अध्ययनरत विद्यार्थीद्धारा आइटी कम्पनी अवलोकन

धनगढीस्थित सुदुरपश्चिमाञ्चल क्याम्पसमा बिआइएम अध्ययनरत विद्यार्थीहरुले आज पोखराको एक प्रतिष्ठित आईटी कम्पनी अवलोकन गरेका छन् । एक हप्ते आइटी अध्ययन अवलोकन भ्रमणमा रहेका बिआइएम पाचौँ र छैठौँ सेमेष्टरका विद्यार्थीहरुले यार्सा ल्याब आइटी कम्पनी भ्रमण गरेका हुन् । क्याम्पसमा हासिल गरेको ज्ञान आईटी कम्पनीमा कसरी प्रयोगात्मक रुपमा प्रयोग भइरहेको छ , आइटी बजारको अवस्था के छ , भविष्यमा कस्ता सीप आयमूलक हुन सक्छन् , कुन कुन क्षेत्रमा करिअर बनाउन सकिन्छ आदि जिज्ञासा राखेका थिए । यार्सा ल्याब अवलोकनका क्रममा आइटी बजारका विविध पक्षबारे विद्यार्थीले जानकारी लिएको भ्रमणमा विद्यार्थीसँगै सहभागी रहेका बिआइएम कार्यक्रम निर्देशक धर्मराज भट्टले बताउनु भयो । त्यस्तै , आफ्नो…
Read More
बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ । डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ…
Read More
एसपिए Tech Fest 0.2 आयोजना हुँदै

एसपिए Tech Fest 0.2 आयोजना हुँदै

धनगढीको सुदूर पश्चिमाञ्चल क्याम्पसमा सूचना प्रविधि उत्सव (Tech Fest 0.2) आयोजना हुने भएको छ । यही माघ १० र ११ गते एसपिए रोवोटिक्स क्लबको आयोजनामा उक्त प्रविधि उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको हो । उक्त उत्सवमा सुदूर पश्चिमका विभिन्न विद्यालय तथा क्याम्पसहरुले सहभागिता जनाउन सक्ने क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रविधि उत्सवलाई विभिन्न ४ वटा खण्डमा विभाजन गरिएको छ । जसअन्र्तगत रोबोटिक्स , विज्ञान , खेल तथा अतिरिक्त खण्डभित्र रोबो सुमो , रेस , सकर , स्टीम प्रर्दशनी , च्यालेन्ज , युवा वैज्ञानिक प्रदर्शनी , आइटी हाजिरिजवाफ , चेस ,…
Read More
सु.प.क्याम्पस विद्यार्थी परिषदले धनगढीमा क्याम्पसस्तरिय भलिबल प्रतियोगिता आयोजना गर्दै

सु.प.क्याम्पस विद्यार्थी परिषदले धनगढीमा क्याम्पसस्तरिय भलिबल प्रतियोगिता आयोजना गर्दै

कैलालीको धनगढीमा क्याम्पसस्तरिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । "स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ यही माघ २२ गतेदेखि २५ गतेसम्म उक्त खेल प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिममै गर्विलो इतिहास बोक्न सफल अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल क्याम्पसमा सु.प.क्याम्पस विद्यार्थी परिषदको आयोजनामा हुन गइरहेको प्रतियोगिता २०८१ को चौथो संकरणमा सम्पुर्ण क्याम्पसहरुलाई टिम दर्ता गरि सहभागिता जनाउन परिषदले अनुरोध समेत गरेको छ । सहभागी हुनका लागि टिम दर्ता मिति माघ २० सम्म तथा दर्ता शु्ल्क रु. ९ हजार तोकिएको परिषदका सदस्य तथा भलिबल खेल संयोजक योगेन्द्र चन्दले बताए । सुदूरपश्चिमाञ्चल क्याम्पसको नवनिर्मित अत्याधुनिक खेल मैदानमा…
Read More
त्रिवि क्षेत्रका समस्या समाधान हुने काममा लाग्न प्रधानमन्त्रीको निर्देशन

त्रिवि क्षेत्रका समस्या समाधान हुने काममा लाग्न प्रधानमन्त्रीको निर्देशन

धनगढीः प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन्। प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकारवाला पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए। गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि…
Read More
भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमा घुस्यो

भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमा घुस्यो

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्न विषयमा नेपाल र भारतीय पक्षबिच विवाद भएको छ। दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउन लाग्दा विवाद भएको हो। भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ। विज्ञापन भारतीय पक्षले श्रीबगर क्षेत्रमा काम रोकेपछि नेपाली पक्षले गल्फै क्षेत्रमा भारतीय पक्षको कामलाई अवरोध पुगाएका छन्। नदी डाइभर्सन गर्न प्रयोग भएको भारतीय एक्स्काभेटर नेपाली भूमिमा प्रवेश गरेको छ। भारतीय पक्षले नेपाली भूभाग भारततर्फ पर्ने गरी तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्। महाकाली नदीमा भारतीय थिचोमिचो…
Read More
कर्णालीविरूद्ध टस जितेको जनकपुरले फिल्डिङ गर्ने

कर्णालीविरूद्ध टस जितेको जनकपुरले फिल्डिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। कर्णाली याक्सविरूद्ध जनकपुरले फिल्डिङ रोजेपछि कर्णाली ब्याटिङमा उत्रिने भएको हो।   हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ। जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।थाहा खबर बाट शाभार
Read More
कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

धनगढीः कैलालीका नाका आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने भएको छ। भारतको लखीमपुर खीरी पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि चुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दिनेश खबर बाट शाभार  
Read More