Skip to main content

धनगढी न्यूज

प्रेम आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

Advertisement

सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् ।

विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।

सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राईलगायत रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...