Skip to main content

धनगढी न्यूज

बैतडीको वडा नम्बर एक सिगासमा आज शोक बिदा

Advertisement

बैतडीः बैतडीको वडा नम्बर एक सिगासगाउँपालिकामा आज शोक बिदा दिइएको छ।

सिगास गाउँपालिका–१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ। दुर्घटनामा सिगास–१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो।

जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए। सिगास–१ कै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो।

शनिवार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो। कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाका समयमा सिगास–१ कै जयन्त बोहराले जिप चलाईरहेका थिए। उनी अर्को जिपको सहचालक रहेको बुझिएको छ। उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...