Skip to main content

धनगढी न्यूज

गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै

Advertisement

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ।

नगरपालिकाले २०८१ मङ्सिर २५ गते सडकको मिडियममा दोहोरो तारजालीका लागि ठेक्का सम्झौता गरेको थियो। गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाउन थालिएको छ। पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ। गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले नगर क्षेत्रको ६ लेन सडकमा तारजालीको काम थालिएको बताए। उनले भने, ‘नगरपालिकाको बजेटबाट तारजाली लगाउदैछौ। सडक क्षेत्रमा दुर्घटना कम गर्न, हरियाली बनाउन तथा सौदर्यकरणका लागि तारजाली लगाउन लागेका हौ। यो महिना भित्र काम सकिन्छ होला।’

नगरपालिकाले ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा पाँच किलोमिटर तारजाली लगाउने भएको हो। यो रकममा भ्याटसमेत समावेश गरिएको छ। नगरपालिकाले सुयल कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको हो। नगरपालिकाले तारजालीका लागि एक करोड १८ लाख ४६ हजार ३५४ रुपैयाँ विनियोजन गरेको थियो। ठेक्काको सम्झौता अनुसार निर्माण कार्य २०८१ माघ २५ गतेसम्म पूरा गर्नुपर्ने छ।

ठेक्का पाएको सुयल कन्ट्रक्सनले केही दिनअघि नै कार्य सुरु गरिसकेको छ। नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले तारजाली लगाइसकेपछि वृक्षारोपणको काम गर्ने बताए। उनले सडक सुरक्षा र हरियाली प्रवर्धनको महत्वपूर्ण परियोजनाका रहेको बताए। तारजालीले पैदलयात्री र सवारी साधनबिचको भिडन्त न्यून गर्ने, दुर्घटना रोक्ने तथा सडक सौन्दर्य बढाउने उनको अपेक्षा छ। वृक्षारोपणपछि सडक हराभरा भएर वातावरणीय सन्तुलन कायम राख्ने भट्टको विश्वास छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...