Skip to main content

धनगढी न्यूज

धनगढीको जाखोर तालमा चरा अवलोकन

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानमा रहेको यो तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले जाखोर ताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको हो।

देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेका छन्। चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन्।

धनगढी बजारनजिकै रहेको जाखोर तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको चराविद् एवं अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले जानकारी दिए। उनले सहरी क्षेत्रमा यो ताल चरा अवलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गरे। ‘बजार क्षेत्रमा बसोबास गर्ने मानिस बिदाको समय बिताउन र ‘स्ट्रेस फ्री’ हुन जाखोर ताल आउने गरेका छन्,’ डङ्गौराले भने, ‘चरा हेरेमा मनमा छुट्टै आनन्द मिल्छ।’

यो तालमा पछिल्लो समय नेपालमा सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँसको उपस्थिति निकै राम्रो छ। हाँस जातिको ठुलो नकटा चरा जाखोर तालमा दिनभरि पानीमा आहारविहार गरेको दृश्य आकर्षक देखिन्छ। यसै गरी विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित बनाउने गरेको छ। कैलालीमा विभिन्न प्राकृतिक तालमध्ये जाखोर ताल विभिन्न प्रजातिका चरा पाइने महत्वपूर्ण सिमसार रहेको वन अधिकृत लालबहादुर विकले बताए। विगतमा जाखोर तालमा चरालाई मन नपर्ने जलकुम्भीलगायत मिचाहा प्रजाति बढी थियो। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...