Skip to main content

धनगढी न्यूज

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ।

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएको छ।

धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २ जोड जुत्ता, दुई जोड मोजा र एक सुइटरका दरले छात्राहरूलाई पोसाक वितरण गरिदैछ।

भवानी माध्यमिक विद्यालय र शिद्धनाथ माध्यमिक विद्यालयमा पोसाक वितरणको काम सकिएको नगर प्रमुख हमालको सचिवालयले बताएको छ। तीन वटा विद्यालयहरूमा विद्यालय पोसाकको काम बाँकी रहेको छ। बैँक तथा वित्तीय संस्था र अन्य विभिन्न संस्थाहरूले कोषमा रकम जम्मा गरेका थिए।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकलाकुमारी राना, वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको सहभागितामा संस्थाका प्रमुख तथा प्रतिनिधिमार्फत नै पोसाक वितरण गर्दै छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...