Skip to main content

धनगढी न्यूज

एस.पी.ए कलेजकी नितिका अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा छनोट

Advertisement

धनगढीको एस.पी.ए कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा नितिका अवस्थीले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को राष्ट्रिय चरणमा रजत पदक जित्दै अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्।

फेब्रुअरी २८ देखि मार्च २ सम्म काठमाडौँमा आयोजित नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैटौँ संस्करण मा देशभरका १०० उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। उनीहरू १४ विभिन्न क्षेत्रीय केन्द्रहरूबाट छनोट भएका थिए, जहाँ १८५ विद्यालय र कलेजका १,०८४ विद्यार्थीले भाग लिएका थिए।

नितिकाले रजत पदक जित्दै जुलाई ३ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले प्रतियोगितामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन प्रति प्रशंसा व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सक्ने प्रतिभाहरू तयार भइरहेकामा खुसी व्यक्त गरे।

धनगढी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनु नै ठुलो अवसर रहेको र यसले अन्य विद्यार्थीलाई पनि प्रेरित गर्ने भन्दै एस.पी.ए. कलेजले नितिकाको सफलतालाई कलेजका लागि गौरवपूर्ण क्षण भएको भन्दै बधाई तथा शुभकामना प्रदान गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...