03
Mar
धनगढीको एस.पी.ए कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा नितिका अवस्थीले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को राष्ट्रिय चरणमा रजत पदक जित्दै अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। फेब्रुअरी २८ देखि मार्च २ सम्म काठमाडौँमा आयोजित नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैटौँ संस्करण मा देशभरका १०० उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। उनीहरू १४ विभिन्न क्षेत्रीय केन्द्रहरूबाट छनोट भएका थिए, जहाँ १८५ विद्यालय र कलेजका १,०८४ विद्यार्थीले भाग लिएका थिए। नितिकाले रजत पदक जित्दै जुलाई ३ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले प्रतियोगितामा विद्यार्थीहरूको उत्कृष्ट…






