Skip to main content

धनगढी न्यूज

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

Advertisement

धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ।

देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञ २०८१ हुने भएको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आइतबार पत्रकार सम्मेलन मार्फत सप्ताहव्यापी ज्ञान महायज्ञबारे जानकारी दिएको हो। यही फागुन २१ गतेदेखि २७ गतेसम्म हुने ज्ञान महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीबाट भावगत कथा बाचन हुने भएको छ।

महायज्ञकी प्रमुख बाचिका समेत रहेकी उनले पत्रकार सम्मेलनमा पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थ पाण्डेले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठ सहित पवित्र र पावन रहेको भूस्वर्ग सुदुरपश्चिमेली समाजमा धर्म, संस्कृति र अध्यात्म मार्फत नवीन संदेश दिन महायज्ञको आयोजना गरेको बताए।

उनले भाषा, साहित्य, संस्कृति, पुरातत्व जस्ता बाङमयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्रहालय निर्माणका लागि पवित्र उद्देश्य सहित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागेको बताए।

उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक साँस्कृतिक जागरण ल्याएको बताए । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोल, महोत्सवस्थलमा हुने भएको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...