Skip to main content

धनगढी न्यूज

KGIST इन्स्टिच्युटद्धारा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Advertisement

धनगढीस्थित KGIST इन्स्टिच्युटले आज एक समारोहविच विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै सम्पन्न खेल सप्ताह अन्तर्गत विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार , मेडल तथा प्रमाणपत्र वितरण गर्न उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विकास सि.के.ले जानकारी दिए । सोही अवसरमा KGIST इन्स्टिच्युटद्धारा आयोजित कम्प्युटर तालिम लिएका विद्यार्थीहरुलाई कम्प्युटर प्रशिक्षक धर्मराज भट्टले  प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत तथा KGIST इन्स्टिच्युटका सल्लाहकार प्रकाश बलायरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा KGIST इन्स्टिच्युट एवम् एसपिए कलेज धनगढीका अध्यक्ष योगेन्द्र शाही रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले विगतबाट नै सुदूर पश्चिममा शिक्षा क्षेत्रमार्फत समाजमा केही गर्नुपर्छ भन्ने अभिप्रायले आफुले एसपिए कलेज एवम् KGIST इन्स्टिच्युटको स्थापना गरेको जानकारी दिए । अध्ययन सँगसँगै विद्यार्थीको विद्यार्थीको चौतर्फी विकासमा आफू सधैँ तत्पर रहेको प्रमुख अतिथि शाहीले बताए ।

सोही अवसरमा विशिष्ट अतिथिको रुपमा रहेका एसपिए कलेजका उप प्राध्यापक एवम् प्रेरणादायी व्यक्तित्व डा. कृष्ण बहादुर बोहराले विद्यार्थीहरु माझमा उत्प्रेरणादायी प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  सभापति एवम् KGIST इन्स्टिच्युटका सल्लाहकार प्रकाश बलायरले यस्ता उत्प्रेरक प्रस्तुतीले विद्यार्थीमा व्यक्तिगत तथा पेशागत विकासमा टेवा पुग्ने बताउँदै आगामी दिनमा पनि संस्थाले यस्ता विभिन्न नवप्रर्वतनका कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । साथै , सोही अवसरमा विभिन्न महिनामा Best Student of the Month बन्न सफल उत्कृष्ट १५ जना विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।

एसपिए कलेजको सभाहलमा विद्यार्थीहरुको उल्लेख्य उपस्थितिका विच सम्पन्न  उक्त कार्यक्रमको संचालन पुष्प राज ओझाले गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...