06
Mar
धनगढीस्थित KGIST इन्स्टिच्युटले आज एक समारोहविच विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै सम्पन्न खेल सप्ताह अन्तर्गत विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार , मेडल तथा प्रमाणपत्र वितरण गर्न उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विकास सि.के.ले जानकारी दिए । सोही अवसरमा KGIST इन्स्टिच्युटद्धारा आयोजित कम्प्युटर तालिम लिएका विद्यार्थीहरुलाई कम्प्युटर प्रशिक्षक धर्मराज भट्टले प्रमाणपत्र समेत प्रदान गरेका थिए । एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत तथा KGIST इन्स्टिच्युटका सल्लाहकार प्रकाश बलायरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा KGIST इन्स्टिच्युट एवम् एसपिए कलेज धनगढीका अध्यक्ष योगेन्द्र शाही रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले विगतबाट…






