Skip to main content

धनगढी न्यूज

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

Advertisement

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ ।धनगढी को जलसा होटलमा सम्पन्न उक्त कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएको थियो ।

कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिट्रेसी, ईन्भेष्टमेन्ट तथा फ्रडबाट कसरी जोगिने भन्ने बारेमा इसेवा धनगढी शाखाबाट सन्तोष राज भट्टले सहभागीहरुलाई  प्रशिक्षण दिनुभएको थियो ।

जिएसएमएको तर्फबाट प्रतिनिधिले डिजिटल लिट्रेसी र त्यसमा इसेवा एजेन्ट्स र मर्चेन्टहरूको भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाका एजेन्टलाई गराएका थिए भने जिएसएमएका अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने कुराको प्रशिक्षण दिएका थिए ।


इसेवाले विभिन्न माध्यम मार्फत सुदुरपश्चिम प्रदेशमा कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि जनता माझ अझ शसक्त रुपमा लैजान धनगढी शाखा सदैब तत्पर रहेको धनगढी शाखा सिनियर असिस्टेन्ट सन्तोष राज भट्टले  बताए ।

प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका इसेवा एजेन्ट र मर्चेन्ट गरी कुल ४५ जनाको सहभागीता थियो । इसेवा नेपालकै अग्रणाी वालेट सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...