Skip to main content

धनगढी न्यूज

Day: March 13, 2025

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस कैलाली जिल्ला सचिव निर्प सुनार , नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सभापती मनिष कुवर लगायत नेपाल विद्यार्थी संघका अग्रज व्यक्तित्वको उपस्थिति रहेको थियो । रंगहरुको पर्व होलीमा आयोजित यस कार्यक्रमले विद्यार्थी एकतामा थप उर्जा मिलेको ने.वि. संघ जिल्ला सभापति कुँवरले बताए । सुदुर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषदका सदस्य योगेन्द्र चन्दको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । इकाइ समितिले सम्पुर्ण पदाधिकारी तथा उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद सहित होलि पर्वको हार्दिक शुभकामना पनि व्यक्त गरेको…
Read More
इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ ।धनगढी को जलसा होटलमा सम्पन्न उक्त कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएको थियो । कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिट्रेसी, ईन्भेष्टमेन्ट तथा फ्रडबाट कसरी जोगिने भन्ने बारेमा इसेवा धनगढी शाखाबाट सन्तोष राज भट्टले सहभागीहरुलाई  प्रशिक्षण दिनुभएको थियो । जिएसएमएको तर्फबाट प्रतिनिधिले डिजिटल लिट्रेसी र त्यसमा इसेवा एजेन्ट्स र मर्चेन्टहरूको भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाका एजेन्टलाई गराएका थिए भने जिएसएमएका अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने कुराको प्रशिक्षण दिएका थिए ।…
Read More