Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

Advertisement

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ । गएको फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले आउँदो असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो । सम्मेलनलाई सफल बनाउन यही चैत २७ गते पूर्वलगानी तयारी सम्मेलन गर्न लागेको छ ।

हिजो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा लगानी तथा विकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पूर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीतिगत, कानूनी र कार्यक्रम व्यवस्था गर्न, नीतिगत, कानूनी र संरचनागत सुधार गरी सार्वजनिक–निजी सहकार्यलाई प्रोत्साहन गरिनेलगायत सम्मेलनको उद्देश्य रहेको बैठकमा मुख्यमन्त्री शाहले जानकारी दिनुभयो ।

सुदूरपश्चिम नेपालको एक समृद्ध आर्थिक सम्भावना बोकेको क्षेत्र भएता पनि औद्योगिक पूर्वाधारको अभाव, सीमित लगानी तथा दीर्घकालीन विकास परियोजनाको कमीका कारण आर्थिक वृद्धिदर अपेक्षित रूपमा हुन नसकेकाले रोजगारीका अवसर सिर्जना गर्न चुनौती देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...