Skip to main content

धनगढी न्यूज

Day: March 25, 2025

नेविसंघद्धारा पहिलो नम्बरमै संगठन दर्ता

नेविसंघद्धारा पहिलो नम्बरमै संगठन दर्ता

कैलाली बहुमुखी क्याम्पसको स्व.वि.यु. निर्वाचनमा सहभागिताको लागि नेपाल विद्यार्थी संघले पहिलो नम्बरमै आफ्नो संगठन दर्ता गरेको छ । आसन्न स्व.वि.यु. निर्वाचनका लागि सुदूर पश्चिम विश्वविद्यालयको प्रकाशित कार्यक्रम अनुसार कैलाली बहुमुखी क्याम्पस , स्व.वि.यु. निर्वाचन २०८१, निर्वाचन अधिकृतको कार्यालयद्धारा ११ गते सूचना जारी गरिएको थियो । सोही सूचना अनुसार नेविसंघले आफ्नो संगठन दर्ता गरेको संगठन प्रमुख गुरुदेव के.सी.ले जानकारी दिए ।अब छिट्टै उक्त निर्वाचनका लागि नेविसंघले आफ्ना उमेदवार चयन गर्ने समेत उनले बताए । आज चैत्र १२ गते दिउँसो ३ बजेसम्म स्व.वि.यु. निर्वाचनका लागि जम्मा ११ वटा संघ सगठन तथा समूह दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कैलाली बहुमुखी…
Read More
सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ।     सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन्। उनले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा यो निर्णय लुकाएका थिए।  उनका अनुसार घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।थाहा खबर बाट शभार  
Read More
सुदूरपश्चिमका सांसदहरूका लागि ३१ लाख ८२ हजारका ल्यापटप खरिद गरिदै

सुदूरपश्चिमका सांसदहरूका लागि ३१ लाख ८२ हजारका ल्यापटप खरिद गरिदै

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपियाँ बढी खर्चेर ल्यापटप खरिद हुँदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो। प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ। प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ (मूल्य अभिवृद्धि करसहित)…
Read More
सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदो असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मलेनको पूर्वतयारीलाई तीव्र पारेको छ । गएको फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले आउँदो असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मलेन धनगढीमा गर्ने निर्णय गरेको थियो । सम्मेलनलाई सफल बनाउन यही चैत २७ गते पूर्वलगानी तयारी सम्मेलन गर्न लागेको छ । हिजो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा लगानी तथा विकास सम्मेलनका निर्देशक समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा सरकारमा सहभागी मन्त्रीहरु, राज्यमन्त्रीहरु, पूर्व मुख्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो । आत्मनिर्भर अर्थतन्त्र…
Read More
कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । यसअघि फागु २३ गते मन्त्रिपरिषद् बैठकले चार प्रमुख आधारमा घिसिङलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेको थियो । जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधे पनि त्यसैका आधारमा मात्र घिसिङलाई पदमुक्त गर्न नसकिने देखिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई सफाइ पेस गर्न मौका दिने निर्णय गरेको…
Read More