Skip to main content

धनगढी न्यूज

धनगढीमा ग्रासरुट क्रिकेटले बढायो मित्रता र सिप — सिरिज नियमित रूपमा सञ्चालन हुने

Advertisement
धनगढी उप-महानगरपालिका अन्तर्गत सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गतको ‘फ्रेन्डसिप सिरिज पुरुष’ तर्फ सोमबार पहिलो खेल सम्पन्न भएको छ । चन्द्रोदय मा.वि. फूलबारीको खेल मैदानमा भएको उक्त खेलमा सिद्धनाथ मा.वि. जुगेडा र चन्द्रोदय मा.वि. फूलबारीबिच प्रतिस्पर्धा भएको थियो ।
खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको फूलबारी सेन्टरलाई जुगेडाले ८० रनको लक्ष्य दिएको थियो। जवाफी पालीमा ब्याटिङ गर्न आएको फूलबारीको टिम १७ ओभरमै अलआउट हुँदै १५ रनले पराजित भएको थियो ।
जुगेडा सेन्टरका हेमन्त बोहरा खेलका नायक बने । उनले दोस्रो इनिङ को व्यक्तिगत चार ओभरमा ४ विकेट लिँदै केवल १० रन खर्चिएर प्लेयर अफ द म्याच बन्न सफल भए ।
खेलपछि जुगेडाका कप्तान कमल सुनार र फूलबारीका कप्तान सुबास बोहरा दुवैले ग्रासरुट क्रिकेट ‘फ्रेन्डसिप सिरिजले खेलाडीहरू बिच मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउने मात्र नभई, खेल कौशल र आत्मविश्वास अभिवृद्धि गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
जुगेडा सेन्टरका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले फ्रेन्डसिप सिरिज अन्तर्गत महिला र पुरुष गरी दुवै समूहको खेल अबदेखि महिनामा चार पटक सञ्चालन गरिने लक्ष्य रहेको बताए । उनले भने, “दैनिक दुई घण्टासम्म प्रशिक्षण लिइरहेका खेलाडीहरूका लागि यो सिरिज आत्म परीक्षण, दबाब व्यवस्थापन तथा प्राविधिक सिप अभिवृद्धिको राम्रो अवसर हो ।”
क्षेत्रीले धनगढी उप-महानगरपालिकाको लगानी अनुसारको प्रतिफल प्राप्तिमा पनि सिरिजले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । भने देशभरमै ग्रासरुट लेबलमा क्रिकेटको विकासको निम्ति यस्तो खालको कामको थानी गर्ने पहिलो पालिका धनगढी उप-महानगरपालिका हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...