Skip to main content

धनगढी न्यूज

Day: May 9, 2025

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ। बुधवार कलेज र कुँवर बिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौता पत्र हस्तान्तरण गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यो कदम चालेको बताए। शाहीले खेल क्षेत्रको विकासमा सुदूरपश्चिमका संघ–संस्थाले यस्तै योगदान दिनुपर्ने समेत उल्लेख गरे। ब्रान्ड एम्बेसडर नियुक्त भएकी कुँवरले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको प्रतिक्रिया व्यक्त गरिन्। कविता कुँवरले सन् २०१९ मा नेपाली महिला राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलमार्फत् आफ्नो क्रिकेट यात्रा सुरु गरेकी थिइन्। उनले चीनविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी हुन्। उनले…
Read More