Skip to main content

धनगढी न्यूज

लखनउलाई हराएको आरसीबी पहिलो क्वालिफायरमा

Advertisement

लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्समाथि ६ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालिफायरमा पुगेको छ।

 

खनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा २ सय २८ रनको विशाल लक्ष्य आरसीबीले १८ दशलमव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आरसीबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले। कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे।

मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे। पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे।

ओपनर फिल साल्ट १९ बलमा ३० तथा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो।

लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ्स खेले। पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए।

पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे। मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय पाली खेले।

अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १२ बलमा १४ रन बनाए । निकोलस पुरन १० बलमा १ चौकाको सहयोगमा १३ रनमा आउट भए। आरसीबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए।

लखनउ प्लेअफबाट बाहिरिसकेको थियो। विजयी आरसीबीले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि आरसीबीले बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ।

आरसीबीको जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएको छ। गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ।‌थाहा खबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...