13
Jun
कैलालीको धनगढीस्थित एसपीए कलेजद्धारा आयोजना गरिएको 'सेसन विथ सन्दीप' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख योगराज गौतमले सन्दीप क्षेत्री जस्तो बहुआयामिक व्यक्तित्वलाई स्वागत गर्न पाउनु तथा विद्यार्थीमाझ प्रस्तुत गराउन पाउनु आफैमा गौरवको कुरा भएको बताए । कार्यक्रममा वक्ता एवम् प्रस्तोताका रुपमा ख्यातिप्राप्त कमेडियन , टिभी प्रस्तोता तथा प्रेरणादायी वक्ता सन्दीप क्षेत्री रहनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले उत्साहजनक रुपमा कमेडी तथा प्रेरक प्रस्तुतीमा सहभागिता जनाएका छन् । जहाँसुकै जुन विषय पढे पनि आत्मप्रेरित भई अनुशासनको पालना गरेमा सफलताको…






