Skip to main content

धनगढी न्यूज

नेपालले बिर्सन नसक्ने १००‌औं टी-२० अन्तर्राष्ट्रिय खेल

Advertisement

सन् २०१४ को जुन २८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो। नेपालले आइसिसी टी-२० विश्वकप २०१४ मा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० मान्यता दिइएको थियो।

यद्यपि नेपालले टी-२० मान्यता पाउनुअघि नै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। किनभने आइसिसीले सन् २०१४ को टी-२० विश्वकपका सबै खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो।

सो विश्वकपमा हङकङविरूद्ध खेलेको पहिलो खेल नेपलको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। बंगलादेशमा भएको सो खेलमा नेपाल ८० रनले विजयी भएको थियो। तर, सन् २०१६ को टी-२० विश्वकपमा छनोट हुन असफल भएपछि नेपालले जुलाई २०१५ मा यो मान्यता गुमाउन पुग्यो।आइसिसीले सन् २०१९ को जनावरीदेखि आफ्ना सबै सदस्य राष्ट्रबीचको खेल टी-२० खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गर्‍यो। त्यसपछि नेपालले खेलेका सबै खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाए।

सन् २०१४ देखि हालसम्म नेपालले एक सय वटा टी-२० खेल खेलिसकेको छ। नेपालले सोमबार स्कटल्यान्डको ग्लास्गोमा नेदरल्यान्ड्ससँग खेलेर आफ्नो १००औं अन्तर्राष्ट्रिय टी-२० खेल खेलेको हो।आफ्नो सयौं टी-२० खेल नेपालका लागि अविस्मरणीय सावित भयो।

नेदरल्यान्ड्सविरूद्धको खेलमा तीन पटकसम्म सुपर ओभर खेलियो। यो पनि अर्को रेकर्ड हो।पुरुषको व्यावसायिक क्रिकेट (टी-२० वा लिस्ट ए) मा पहिलो पटक खेल तेस्रो सुपर ओभरमा पुगेको हो। यद्यपि यो अविस्मरणीय र कीर्तिमानी खेल नेपालको पक्षमा भने आउन सकेन। नेपालले तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित हुन पुग्यो। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड बीचको यो त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको नजिता आफ्नो पक्षमा आउन नसके पनि नेपाली टोली र समर्थकले यो खेललाई कहिल्यै बिर्सने छैनन्।सेतोपती बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...