Skip to main content

धनगढी न्यूज

संसदमा रास्वपाको अवरोध कायमै, बैठक स्थगित

Advertisement

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि सदनमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको हो ।

मंगलबार बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय सभामुखले दिए ।

धारणा राख्दै उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीले देशको शिर अन्तर्राष्ट्रिय स्तरमै निहुरिएको धारणा राखिन् । साथै उनले यसमा छानबिन गर्न आफूहरूले माग गर्दा रोष्ट्रमबाट धम्क्याइएको भन्दै आत्ति पनि जनाइन् ।

त्यहीबिचमा सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापति जनाए। उनले मानव तस्करीविरुद्ध विरोध गर्न रास्वपा सांसदले निलो रिवन लगाएर गएकोप्रति आपत्ति जनाए।

मर्यादित पोसाक नभएको भन्दै घिमिरेले बैठकबाटै निकाल्ने अधिकार पनि सभामुखलाई रहेको बताए। रास्वपा र राप्रपा सांसदले झन् चर्को नारा लगाउन थालेपछि बैठक ३० मिनेका लागि स्थागित भएको छ। थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...