Skip to main content

धनगढी न्यूज

कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

Advertisement

धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ।

 

सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत एक सय आठ मिटर तटबन्धन बनाएको थियो। गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले बताए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको बताएका छन्।

सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन्। स्थानीय बलबहादुर चौधरीले भने, “तटबन्धमा स्लोप बनाइएन। त्यसैले खेतबाट आएको बर्सातको पानीले तटबन्ध बगाएको हो।”

पाँच फिट उचाइ बनाउने भनिएको तटबन्ध होचो बनाइएका कारण पनि भत्केको स्थानीयको गुनासो छ। होचो तटबन्ध बनाएर माटो, बालुवाको ड्याम उठाइ पाँच फिट पु¥याइएको उनीहरूले जिकिर गरेका छन्। भलमनसा बाबुराम चौधरीले तटबन्धका लागि उपभोक्ता समिति निर्माण गर्न बोलाएको वडा कार्यालयले पहिले नै समिति बनिसकेको कागज देखाएको बताउनुभयो । बताए।

बिग्रे, भत्केको ठाउँमा पुनः बनाउनका लागि समितिलाई भनिसकेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर टेकराज बिनाडीले बताए। बिग्रेको ठाउँमा मर्मत नगरे समितिलाई धरौटी फिर्ता नदिने बिनाडीले बताए। उपभोक्ता समितिले डिभिजन कार्यालयमा दुई लाख रुपियाँ धरौटी राखेको छ।

कटानबाट खेत जोगाउनका लागि बनाइएको तटबन्ध खेतबाटै झरेको पानीले भत्किएको हो।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...