17
Jul
धनगढी : आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ। मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ। हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले बताए। असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन्। सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ। “प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ। असार महिनाभरि कृषि…






