Skip to main content

धनगढी न्यूज

एसपीएसँग ३ वर्षको सम्झौता

Advertisement

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ। एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं ।

धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनुभएका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भन्नुभयो, ‘हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ।’

हालै, एसपीए कलेजले नेपाल यु–१६ टोलीको तर्फबाट मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान दिने सुदूरपश्चिमका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही रु २५,००० पुरस्कार स्वरूप प्रदान गरेको छ। सुशील रावल सिजन १ मा गरिएको ट्यालेन्ट हन्टमार्फत छनोट भएका सुदूरपश्चिम रोयल्स हिरोज टिमको सदस्य थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भन्नुभयो, ‘सुदूरपश्चिम रोयल्स परिवार सुभाष शाहीप्रति अत्यन्त आभारी छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उनको दृष्टिकोणले हालसालै नयाँ गति पाएको छ, र हामी एक फ्रेन्चाइजका रूपमा त्यसलाई समर्थन गर्न पाउँदा गर्व महसुस गर्छौं। विगत वर्षहरूमा क्रिकेटप्रति उनको उत्साह र हाम्रो टिमप्रतिको समर्थनले सुदूरपश्चिम क्रिकेटलाई एक ब्रान्डका रूपमा स्थापित गर्न मद्दत गरेको छ।’

खड्काले आगामी वर्षहरूमा पनि यस साझेदारीलाई निरन्तरता दिन उत्सुक रहेको बताउँदै शाहीको नेतृत्वमा आयोजना हुने फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको सहभागिता रहन सक्ने कुरा पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...