Skip to main content

धनगढी न्यूज

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदका सामुदायिक वन

Advertisement

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्य सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ।

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ।

वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरु गरिएको अम्रिसो खेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो। “गएको असारसम्म सात हजार कुचो बिक्री गरेर तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ”, जोशीले भने, “अघिल्लो वर्ष कुचो बिक्रीबाट दुई लाख मात्र आम्दानी भएको थियो।”

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ। “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ”, जोशीले भने, “प्रत्येक झाडु बनाउँदा उनीहरूले १५ पारिश्रमिक पाउँछन् भने बजारमा ५० देखि ७० सम्ममा बिक्री हुन्छ।”

समूहका अध्यक्ष इश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ। स्थानीय बजारमै सहज बिक्री हुन्छ। यद्यपि वन क्षेत्रमा अम्रिसो खेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ। “हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो”, अध्यक्ष बुढाले भन्नुभयो, “अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ।” हात्तीले नोक्सान नगर्ने हो भने १५ देखि २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताए।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसो खेतीयोग्य बनाउने लक्ष्य रहेको छ। कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ। मेसवायर जडान, फलफूल र बाँसका नमुना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...