Skip to main content

धनगढी न्यूज

Day: July 21, 2025

टीकापुरमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा आएपछि …

टीकापुरमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा आएपछि …

टीकापुर : कैलालीको टीकापुर–२ कोठारपुर एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुबै गुमाइन। प्रेम विवाह गरेर गएकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान्को पनि मृत्यु भयो। छोरीले पोइली घरमा हिंसासहन नसकेर आत्महत्या गरेपछि विचलित भएकी जानकीका साउदीमा रहेका श्रीमान् पनि उच्च रक्तचापका कारण बितेपछि उनको संसार उजाडियो। विज्ञापन उनले आफूलाई सम्हाल्न सकिनन्। साउदीमा तीन वर्ष कमाएर फर्केर केही दिन घर बसेर फर्किएका श्रीमान् गएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै अस्ताए। विपन्न परिवारकी उनलाई स्नातकसम्म पढाएकी छोरी, त्यसैमाथि कमाउने श्रीमान् गुमाएपछि तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या सुरु भयो। धेरै लामो समयसम्म उनी तनावमा…
Read More
करार कर्मचारी नियक्तिका लागि सुदूरपश्चिम सरकारको सहमति आवश्यक

करार कर्मचारी नियक्तिका लागि सुदूरपश्चिम सरकारको सहमति आवश्यक

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गर्दै विभिन्न प्रक्रिया पूरा गरी प्रदेश सरकारबाट सहमति माग गर्न आग्रह गरेको हो। सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा (३) बमोजिम ज्यालादारी वा करार नियुक्तिका लागि प्रदेशका विभिन्न स्थानीय तहले सहमति माग गरेका छन्। विज्ञापन तर, ऐन कार्यान्वयनका लागि नियमावली जारी नभएकाले ऐनको दफा १५ को उपदफा (३) मा उल्लिखित पदको स्वीकृत दरबन्दी रिक्त रहेको अवस्थामा ज्यालादारी वा करारमा कर्मचारी…
Read More
अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदका सामुदायिक वन

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदका सामुदायिक वन

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्य सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ। वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ। वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरु गरिएको अम्रिसो खेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो। “गएको असारसम्म सात हजार कुचो बिक्री गरेर तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ”, जोशीले भने, “अघिल्लो वर्ष कुचो बिक्रीबाट दुई लाख मात्र आम्दानी भएको थियो।” विज्ञापन वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ। “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ”,…
Read More
कञ्चनपुरमा पुल मुनी २० वर्षदेखि २८ परिवारको बास

कञ्चनपुरमा पुल मुनी २० वर्षदेखि २८ परिवारको बास

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुल मुनी बिताउदै एका छन्। डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थालेका हुन्। “सम्पत्तिका नाममा केही छैन। गरिखान मजदुरी गर्न कहिले मिल्छ, कहिले मिल्दैन।” बोहराले दुःखेसो गर्दै भने, “यो पुल मुनि ओत लागेर बस्न थालेको २० वर्ष भयो।” विज्ञापन बोहरा मात्रै होइनन्, २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन्। यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन्। बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रूपमा बस्ने ठाउँ बनाएको बोहराले बताए। “हिउँदमा जेनतेन…
Read More
धनगढीमा आगलागीबाट आठ सटरमा क्षति

धनगढीमा आगलागीबाट आठ सटरमा क्षति

धनगढीः कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति भएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट विश्वप्रकाश कँडेलले सञ्चालनगरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ।आइतवार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो। विज्ञापन आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली, सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको जिल्ला प्रहरी…
Read More
विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

विद्या भण्डारीसँग ओलीले भने- सदस्यताको समस्या छैन, कुरा राजनीतिक हो

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दोस्रोपटक पुगेकी थिइन् । संविधान सभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा भण्डारी पहिलोपटक च्यासल पुगेकी थिइन् । राजनीतिक प्रयोजनका निम्ति भने आइतबार पहिलोपटक च्यासल पुगेकी हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी थिइन् । राष्ट्रिय राजनीतिमै चासोका साथ हेरिएको यो भेटवार्ता पौने दुई घण्टा चल्यो । भेटवार्तापछि ओली सहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतसँग सामूहिक तस्वीर लिइयो । नेताहरूसँग सामूहिक र ओली–भण्डारीको तस्वीर राखेर…
Read More
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

गण्डकी प्रदेशमा देखियो ८ जनालाई संक्रमण ५ साउन, पोखरा । पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना…
Read More