Skip to main content

धनगढी न्यूज

करार कर्मचारी नियक्तिका लागि सुदूरपश्चिम सरकारको सहमति आवश्यक

Advertisement

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

तर, ऐन कार्यान्वयनका लागि नियमावली जारी नभएकाले ऐनको दफा १५ को उपदफा (३) मा उल्लिखित पदको स्वीकृत दरबन्दी रिक्त रहेको अवस्थामा ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिका लागि विभिन्न चार प्रक्रिया पूरा गरेर सहमति माग गर्न आग्रह गरिएको छ। प्रदेश सरकार मुख्यमन्त्री स्तरीय निर्णयमा भनिएको छ, “स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त रहेको पदमा ऐन जारी हुनु अगावै वा पश्चात् करार वा ज्यालादारीमा कर्मचारी नियुक्तिका लागि विज्ञापन भई छनोटको चरणमा रहेका वा छनोटको प्रक्रिया अगाडि बढाई नियुक्ति नभएको हकमा सहमति माग गर्नुपर्ने छ ” यसै गरी नयाँ प्रक्रिया थालनी गर्नुपर्ने भएमा पनि सहमति माग गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ शाखा अधिकृत नरेन्द्र शाहले बताए।

सहमति माग गर्दा स्थानीय तहको स्वीकृत दरबन्दी विवरण, उक्त दरबन्दीमा स्थायी/अस्थायी/करार/ज्यालादारीमा कार्यरत कर्मचारी तथा रिक्त रहेको पद सङ्ख्या खुल्ने गरी त्यसको विवरणसमेत कार्यालय प्रमुखले प्रमाणित गरी पठाउनुपर्ने शाहले बताए। ज्यालादारी वा करारमा नियुक्ति गर्ने पदको तलब भत्तालगायतका खर्चका लागि बजेट भए, नभएको वा स्रोतको उपलब्धता रहे नरहेको विषयसमेत प्रस्ट रूपमा उल्लेख गरी मात्र सहमति माग गर्न प्रदेश सरकारको आग्रह छ। नेपाल सरकारद्वारा हस्तान्तरित कार्यक्रम बमोजिमका पदमा उक्त कार्यक्रमले तोकेको दरबन्दी र कुनै सङ्घ संस्था वा दातृ निकायसँगको सम्झौता बमोजिम दातृ निकायबाट तलब, भत्ता उपलब्ध गराउने गरी तोकिएको पदको हकमा भने सम्झौता र प्रचलित कानुन बमोजिम नियुक्ति गर्न बाधा नहुने जनाइएको छ।

केही महिनाअगाडि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन बनाएको थियो। ऐन कार्यान्वयन गर्ने सवालमा विभिन्न पालिकामा समस्या आएको जनाइएको छ। ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको तयारी पनि भइरहेको छ। ऐन संशोधन गर्न विधेयकको मस्यौदा तयार पार्नका लागि कार्यदल गठन गरिएको वरिष्ठ शाखा अधिकृत शाहले बताए। ऐन कार्यान्वयन गर्दा देखिएका समस्या तथा संशोधनका सुझावसमेत उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहसँग माग गरेको छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...