Skip to main content

धनगढी न्यूज

Day: July 22, 2025

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताएका छन्। बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उनले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने बताए। महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने बताए। “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन”, उनले…
Read More
संसद् भवनको म्याद ‘चुपचाप’ पाँचौँ पटक थपियो

संसद् भवनको म्याद ‘चुपचाप’ पाँचौँ पटक थपियो

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन समयमा नसकिएपछि पाँचौँ पटक म्याद थप गरिएको छ । मंगलबार शहरी विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारीले आगामी पुस १६ गतेसम्मका लागि म्याद थप गरेको जानकारी दिएका छन् । ‘सहरी विकास मन्त्रालयले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि काम नसकिएपछि म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याइएको छ,’ उनले भने,‘ उक्त अवधिसम्म काम सम्पन्न हुने आशा छ ।’ यो  ढिलाइ हुनुमा विभिन्न कानुनी प्रक्रिया र निर्माण व्यवसायीको भूमिका रहेको उनको तर्क छ । ‘निर्माण व्यवसायीले थप समयमा काम नगरेमा कानुनी प्रक्रिया अपनाएर कारबाही गर्नुपर्ने हुन्छ, उनले भने, ‘अबदेखि निर्माण व्यवसायीलाई कुनै…
Read More
म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, सक्रिय राजनीतिमा अघि बढेँ: विद्या भण्डारी

म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, सक्रिय राजनीतिमा अघि बढेँ: विद्या भण्डारी

'अध्यक्ष ओली आफ्नै विचारबाट पछि फर्कनुभयो, म राष्ट्रपति हुँदा घरमा खुसीयाली थिएन' पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने बताएकी छन्। पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर नेकपा (एमाले) केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपतिले प्रष्ट रूपमा भनिन्- म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ। उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन्। त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन्। ‘म…
Read More
राना समुदायमा ‘सावन डोला’को रौनक

राना समुदायमा ‘सावन डोला’को रौनक

धनगढीः साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला)को रौनक सुरु भएको छ। दुवै समुदायको बसोबास रहेका गाउँमा पूजाआजासहित विधिपूर्वक डोला राखेसँगै यसको रौनक सुरु भएको हो। रानाथारूले सावन (साउन) की डोला र कठरिया थारूले सवनियाँ डोला भन्ने गरे पनि खेल्ने र रमाउने तरिका भने मिल्दोजुल्दो छ। कैलाली, कञ्चनपुरमा बस्ने रानाथारू बस्तीमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिन सावनकी डोला राखिएका छन्। विज्ञापन काठको चार वटा खम्बा गाडेर त्यसको बिचमा काठकै बलियो डन्डी राखी डोला तयार पारिएको छ। डन्डीमा बलियो डोरी बाँध्ने र त्यसमा काठको फ्ल्याक राखेर गाउँका महिला सामूहिक रूपमा डोला (पिङ) खेल्ने चलन यो…
Read More
डडेल्धुरामा व्यावसायिक अनार खेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरामा व्यावसायिक अनार खेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का कृषकले व्यावसायिक रूपमा अनार खेती गरेर वार्षिक ५० लाख कमाउने लक्ष्य राखेका छन्। अजयमेरु–२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ। वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनार खेती सुरु गरेका हुन्। महादेव अनार खेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो। विज्ञापन दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनार खेती समूहले जनाएको छ। यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए। जिल्लास्थित कृषि ज्ञान…
Read More