Skip to main content

धनगढी न्यूज

ओलीले आफ्नो नेतृत्व खोसिएला भनेर विद्यालाई पार्टी प्रवेश गर्न दिएनन् : माधव नेपाल

Advertisement

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्न नहुने बताएका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे।

उनले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताए। उनले कम्युनिष्ट पार्टीका नेताहरूको सक्रियता अहिले जरुरी भएको बताए।

उनले आज कम्युनिष्टहरू धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरू एक आपसमा छलफल गरेर एउटै हुन जरूरी रहेको बताए ।

अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुने गरी अघि बढ्न जरुरी रहेको उनले बताए।थाहा खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...