Skip to main content

धनगढी न्यूज

सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

Advertisement

७ साउन, काठमाडौं । विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो ।

 

२ : १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो ।

आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो । बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे ।

दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । टे«ड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६, अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो ।

धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।अन्लाईन खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...