Skip to main content

धनगढी न्यूज

१२ जना मारिएपछि थाइल्याण्डले तीव्र बनायो कम्बोडिया माथिको आक्रमण

Advertisement

कम्बोडियाको हमलाबाट थाइल्याण्डमा १२ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान सीमावर्ती क्षेत्रबाट सुरू भएको दुई देशबीचको तनाव अपराह्नसम्म तीव्र भएर एक अर्कामाथि हवाई हमला गरेका थिए।कम्बोडियाले थाइल्याण्डमा गरेको हमलाबाट १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

 

मृत्यु हुनेमा एक जना सैन्य अधिकारी पनि छन्। बाँकी मृतकहरू बालबालिका, किशोर किशोरी लगायतका नागरिक रहेका छन्।बिबिसीका अनुसार थाइल्याण्डको सुरिन प्रान्तमा २ जना नागरिक, उबोन रेचथानी प्रान्तमा एकजना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएका छ। थप ३५ जना घाइते भएका छन्।कम्बोडियाले रकेट प्रहार गरेपछि थाइल्याण्डले एफ-१६ लडाकू विमान प्रयोग गरी कम्बोडियाली सैन्य अड्डामा हमला गरेको थियो।

दिउँसोसमम उसले आक्रमण तीव्र बनाएको छ। यद्यपि कम्बोडियाले कति हताहती र भौतिक क्षति भयो भन्ने सार्वजनिक गरेको छैन। कम्बोडियाको हवाई हमलाबाट थाइल्याण्डको पेट्रोल पम्पमा क्षति पुगेको तस्बिर र समाचार सार्वजनिक भएका छन्।

सैन्य शक्तिको हिसाबले कम्बोडियाभन्दा थाइल्याण्ड तीन गुणा बढी शक्तिशाली रहेको भनेर पश्चिमा मिडियाहरूले लेखेका छन्।

यद्यपि कम्बोडियाको विदेश मन्त्रालयले आक्रमणको जबाफ दिनुको विकल्प नरहेको भनेको छ।

दुवै देशले बिहीबार बिहान एक अर्कालाई पहिले आक्रमण सुरू गरेको दोष लगाएको छ।

रकेट प्रहार गरेर कम्बोडियाले निहुँ खोजेको थाइल्याण्डको आरोप छ भने सीमानामा पूर्वसहमति तोडेर थाइ सेनाहरू मन्दिर क्षेत्रमा अगाडि बढेको र त्यहाँ तारबार गर्न खोजेकले तनाव सुरू भएको कम्बोडियाको दाबी छ।

तनावपछि  दुवै देशले एक अर्कासँगको कुटनीतिक सम्बन्ध घटाएको छ।

कम्बोडियामा र थाइल्याण्डबीच दशकौंदेखि सीमा समस्या छ।

फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि दुई देशबीचको सीमानाका विषयमा पटकपटक तनाव उत्पन्न भएको छ।

दई देशले ८१७ किलोमिटर सिमाना साझा गर्छन्। ती सीमांकन फ्रान्सले उपनिवेशकालमा गरेको थियो जसलाई  थाइल्याण्डले अस्वीकार गर्दै आएको छ।

कम्बोडियाले यसअघि पनि विवादित क्षेत्रहरूबारे अन्तर्राष्ट्रिय अदालत (आइसिजे ) मा मुद्दा दायर गर्दै निष्पक्ष न्याय खोजेको छ। पछिल्लो झडप भएको ठाउँसमेत कम्बोडियाले आइसिजेमा उजुरी गरेको क्षेत्रभित्र पर्छ।

तर थाल्यान्डले अन्तर्राष्ट्रिय अदालतको अधिकारक्षेत्रलाई मान्यता दिँदैन। उसको दाबी अनुसार केही सीमाक्षेत्र विशेषगरी ऐतिहासिक मन्दिर रहेको भूभागहरूमा अझै पनि स्पष्ट रूपमा नक्साङ्कन भएको छैन।

सन् २०११ मा पनि दुवै देशका सेनाबीच ११औं शताब्दीको प्रेअ भिहेयर मन्दिर आसपास ठूलो सैन्य झडप भएको थियो। त्यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। त्यतिबेला भएको भिडन्तमा करिब २० जनाको मृत्यु भएको थियो भने हजारौं मानिस विस्थापित भएका थिए।

दुई देशबीच तनाव उत्पन्न भएपछि चीन, मलेसिया लगायतका देशहरुले वार्तामार्फत विवाद समाधान गर्न आह्वान गरेका छन्।सेतो पटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...