Skip to main content

धनगढी न्यूज

“धनगढीको “ड्रिम फाप्ला” अर्काे पञ्चेश्वर नबनोस”

Advertisement

धनगढीः कैलालीको धनगढीमा रहेको फाप्ला क्रिकेट रङ्गशाला तथा खेलग्रामको भौतिक निर्माणको काम अगाडी बढ्नेमा आसङ्का व्यक्ति गरिएको छ।

नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नै “ड्रिम फाप्ला”को सपना पूरा हुनेमा आशङ्का व्यक्त गरेका हुन्।

धनगढीमा आइतवार पत्रकार सम्मेलनमा उनले “ड्रिम फाप्ला” अर्को पञ्चेश्वर बनाउन खोजिएको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशका नेताहरुले लामो समयदेखि पञ्चेश्वर जलविद्युत् परियोजना निर्माण गर्ने भन्दै आश्वासन दिने गरेको भएपनि पूरा नभएको बताउदै चन्दले फाप्लामा क्रिकेट रङ्गशालाका पूर्वाधार निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्ला क्रिकेट रङ्गशाला र खेलग्रामका लागि २६ अर्ब बढी बजेटको आवश्यकता देखिएकाले निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्लामा क्रिकेट रङ्गशाला मात्र सुरुमा निर्माण गर्नुपर्नेसमेत बताएका छन्। उनले भने, “फाप्ला सधैँ चर्चामा हुन्छ। नामै ड्रिम फाप्ला छ। त्यो सपनामा मात्रै रहने सम्भावना कति छ ? सपना त पूरा नहुन पनि सक्छ। तर, सपना देखेपछि पूरा गर्नुपर्छ। अहिले एकदम सबैको चासो र चिन्ताको विषय यत्रो वर्ष भइसक्यो। अहिले पनि यत्रो ठुलो प्रोजेक्ट फाप्लाको कष्ट र नरेन्द्र मोदी स्टेडियमको कष्ट एउटै राख्दा खेरी, त्यो कसरी सफल होला ? हुन्छ कि हुँदैन ?” “मेरो अनुरोध के हो भने समग्रलाई एउटै ब्लकमा राख्नुभन्दा क्रिकेटको मात्रै कसरी हुन्छ सबैभन्दा पहिले काम अगाडि बढाएर सम्पन्न गरिदिनुस्।”

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय टोलीमा रहेका क्रिकेटरहरूले फाप्लामा क्रिकेट खेल्न पाउनुपर्ने उनको धारण छ। उनले भने, सुदूरपश्चिमका दिपेन्द्र ऐरी, लोकेश बमहरूले यो मैदानमा खेल्न पाउनु पर्यो। राष्ट्रिय, अन्तरराष्ट्रिय खेलहरू फाप्लामा आयोजना गर्न पाउनु पर्यो। उनीहरूको समय कालमा काम पूरा हुन्छ वा हुँदैन ? उनीहरू बुढा भएपनि निर्माण भएको के मतलब ? समय एकै नासको रहदैन। भोलि सुदूरपश्चिमबाट अहिलेको जस्तो खेलाडीको सङ्ख्या नहुन पनि सक्छ। हामीसँग कुनै सल्लाह पनि छैन। काम कति भएको छ जानकारी पनि छैन। नेपाल क्रिकेट संघ केन्द्रलाई जानकारी छैन, ठिकै छ। तर, जिल्ला क्रिकेट संघलाई त, जानकारी हुनुपर्ने। जिल्लासँग त, समन्वय हुनुपर्ने। हाम्रो सञ्जाल छ। सञ्जालमार्फत लगानी जुटाउन पनि सकिन्थ्यो होला।” सुदूरपश्चिम तथा नेपालमा क्रिकेटको क्रेज भएका बेला मैदान बनेमा मात्रै परियोजना सफल हुने बताएका हुन्।

सुदूरपश्चिम प्रदेशका खेलाडीहरू भारतका क्रिकेट एकेडेमिहरूमा प्रशिक्षण लिदै गरेका उनले बताए। भारतमा दैनिक १५ सय भारु शुल्क तिरेर सुदूरपश्चिमका युवाहरूले क्रिकेट सिक्दै आएका उनको दाबी छ। उनले भने ‘अहिले पनि हजारौँ बच्चाहरू क्रिकेट खेल्न बाहिर गइरहेका छन्। भारतमा दैनिक १५ सय तिरेर क्रिकेट सिकिरहेका छन्।’

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्राम निर्माण गर्ने भन्दै ५० हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम सँगै फुटबल मैदान, पौडी पोखरी, ट्रयाक, अभ्यास फिल्ड, स्पोर्टस् म्युजियम, टेक्वान्डो एकेडेमी, मल्टिस्पोट्स हल, स्टाफ आवास, खेलाडी आवास लगायतको संरचना निर्माण गर्ने योजना छ।

नेपाल सरकारले २०७९ जेठ २० गते धनगढीकै सुवास शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त गरेर पाँच वर्ष भित्र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम निर्माण गर्न लक्ष्य राखेको थियो। तर, तीन वर्ष बितिसक्दा पनि हाल सम्म विस्तृत योजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया मात्रै पूरा भएको छ। क्रिकेटसहितका पूर्वाधार निर्माणका लागि २६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ। जसका लागि निर्माण स्थलमा २६ हजार रुख काट्नको लागि प्रक्रिया अगाडि बढाएको पूर्वाधार विकास समितिले जनाएको छ। फाप्लामा क्रिकेट मैदान मात्रै निर्माण गर्न भने १४ अर्ब बजेट आवश्यक पर्ने बताइएको छ।

‘ड्रिम फाप्ला’ अभियान सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेश सरकारले यसलाई प्रदेश गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७६÷२०७७ मा ६० लाख रुपैयाँ खर्च गरेर घेर बार गरेको थियो भने २०७८ माघ २४ गते प्रदेश सरकारले क्रिकेट मैदानका लागि ३८ बिघा जमिनको भोगाधिकार पनि लिएको थियो। तर, सरकारले २०७९ वैशाख २६ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेपछि प्रदेश सरकारले पछि हटेको छ। सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षको पूर्ण बजेट र फाप्ला क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि आवश्यक बजेट लगभग बराबर रहेको भन्दै निर्माण हुनेमा आशङ्काहरू व्यक्त हुँदै आएका छन्। आइतवार नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चन्दले पनि सोही विषयमा आशङ्का व्यक्त गरेका हुन्।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...