03
Aug
धनगढीः कैलालीको धनगढीमा रहेको फाप्ला क्रिकेट रङ्गशाला तथा खेलग्रामको भौतिक निर्माणको काम अगाडी बढ्नेमा आसङ्का व्यक्ति गरिएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नै “ड्रिम फाप्ला”को सपना पूरा हुनेमा आशङ्का व्यक्त गरेका हुन्। विज्ञापन धनगढीमा आइतवार पत्रकार सम्मेलनमा उनले “ड्रिम फाप्ला” अर्को पञ्चेश्वर बनाउन खोजिएको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशका नेताहरुले लामो समयदेखि पञ्चेश्वर जलविद्युत् परियोजना निर्माण गर्ने भन्दै आश्वासन दिने गरेको भएपनि पूरा नभएको बताउदै चन्दले फाप्लामा क्रिकेट रङ्गशालाका पूर्वाधार निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्ला क्रिकेट रङ्गशाला र खेलग्रामका लागि २६ अर्ब बढी बजेटको आवश्यकता देखिएकाले निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्लामा क्रिकेट रङ्गशाला मात्र…






