Skip to main content

धनगढी न्यूज

Month: August 2025

जापानी आक्रमण र विश्व फासिस्ट विरुद्ध ८० वर्षअघिको युद्ध विजय

जापानी आक्रमण र विश्व फासिस्ट विरुद्ध ८० वर्षअघिको युद्ध विजय

राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ– इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरूलाई पुन: नदोहोर्‍याउनका निम्ति हो। सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले अति ठूलो सङ्कटको सामना गर्नु परेको थियो र त्यहींदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय शुरु भएको थियो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो। सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण  गरी चीनको थाइवान र फङ ह द्वीपसमूह माथि कब्जा जमायो;…
Read More
आज देशका यी नदीहरूमा बाढीको जोखिम उच्च

आज देशका यी नदीहरूमा बाढीको जोखिम उच्च

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम रहेको छ। कोशी, नारायणी, बागमती, कमला, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ। कोशीका सहायक नदीहरू त्रिवेणी, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, देवघाट, त्रिशुली, वेत्रवती, बुढीगण्डकी, आसुघाटक, मस्यर्दी, विमल नगर,…
Read More
चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे। शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे। त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। भेटवार्तामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव  अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत सहभागी थिए। द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे। पहिलो, लिपुलेक मार्ग भएर भारत…
Read More
बाजुराका स्याउ काँचै, ढुवानीमा अनुदानको प्रक्रिया अगाडि बढेन

बाजुराका स्याउ काँचै, ढुवानीमा अनुदानको प्रक्रिया अगाडि बढेन

धनगढी : बाजुरामा स्याउका बगैँचाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएका सरकारी तथ्याङ्क छ। गत आर्थिक वर्षमा मात्र ८० हेक्टर नयाँ स्याउको बगैँचा विस्तार गरिएको छ।सुदूरपश्चिम प्रदेश सरकार र बाजुराका स्थानीय तहहरूले समेत स्याउ खेतीमा लगानी गर्दै आएका हुन्। जिल्लामा कृषि समूह गठन तथा सकारी मार्फत सरकारी अनुदान स्याउ खेती विस्तार र ढुवानीमा जाने गरेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जासिराम साहनीले जिल्लामा स्याउका बगैँचाको सङ्ख्या र क्षेत्रफल बढ्दै गएको बताए। उनले भने, “स्याउ यो पटक थोरै फेलेको छ। गत सालको जति छैन। एक वर्ष फल्ने, एक वर्ष नफल्ने हुन्छ। ५०–६० ट्रक मात्र होला। किसानका बगैँचाहरू बढ्दैछन्। ज्ञान केन्द्र र स्थानीय…
Read More
जब समुन्द्रमा घुमाउँदा बीचमा लगेर बोट पल्टाइदियो गाइडले!

जब समुन्द्रमा घुमाउँदा बीचमा लगेर बोट पल्टाइदियो गाइडले!

२३ जुलाई, २०२५ बाली घुम्नको लागि १६ जनाको समूह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भयौं। करिब ८ बजेतिर सबै जना भेट भएपछि बोर्डिङ पासको लागि सिंगापुर एयरलाइन्सको काउन्टरतर्फ लाग्यौं। विदेसिनेको लर्को निकै नै ठूलो थियो कोही घुम्न जाने थिए, कोही पढ्न जाने थिए भने कोही रोजगारीको लागि जान लागेको जस्तो देखिन्थ्यो। बोर्डिंङ पास लिने लाइन लामो नै थियो। हामी सबै जना त्यही लाइनमा उभियौं। एकछिनपछि बोर्डिंङ पास लिएर एक तल्लामाथि अध्यागमनतर्फ लागियो। त्यहाँ त झन् लामो लाइन रहेछ। करिब ३० मिनेट जति पछि हामी अध्यागमन अधिकृतको काउन्टरमा पुग्यौं। अधिकृतले हाम्रो भिसा, बोर्डिंङ पास र टिकट हेरी सकेपछि हामीलाई बाली जान अनुमति दिए। त्यहाँ उतापट्टि लाइनको छेउमा केही महिलाहरूलाई 'होल्ड' गरिरहेको…
Read More
सम्झना भट्ट मृत्यु प्रकरण :श्रीमान पुर्पक्षका लागि कारागार चलान, तीन जना धरौटीमा रिहा

सम्झना भट्ट मृत्यु प्रकरण :श्रीमान पुर्पक्षका लागि कारागार चलान, तीन जना धरौटीमा रिहा

कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।धनगढी।कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कञ्चनपुर जिल्ला अदालतले सम्झनाका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ भने सासू ससुरा र दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको हो। सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीबार अदालतमा भएको थुनछेक बहसबाट मृतकका श्रीमान् पवन भट्ट  पुर्पक्षका लागि कारागार चलान भएका हुन्। कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा…
Read More
मिस नेपाल २०२५ को जजमा शृङ्खला खतिवडादेखि आना शर्मासम्म (तस्बिरहरू)

मिस नेपाल २०२५ को जजमा शृङ्खला खतिवडादेखि आना शर्मासम्म (तस्बिरहरू)

काठमाडौँ । मिस नेपाल २०२५ को जज प्यानल आयोजकले सार्वजनिक गरेको छ । यस पटकको जज प्यानलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति,  श्याम कँडेल, आना शर्मा,  महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित छन् । मिस नेपाल २०२५ को फिनाले आज भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भइरहेको छ । रातो पाटी बाट साभार
Read More
अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी अदालतले भन्यो- ट्रम्पले लगाएका अधिकांश भन्सार दर अवैध

अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई लगाएको भन्सार दर अवैध ठहर गरेको छ। वासिङ्टन डिसीस्थित संघीय सर्किटका लागि पुनरावेदन अदालतले शुक्रबार ट्रम्पले लगाएको अधिकांश भन्सार दर अवैध ठहर गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यद्यपि अदालतले ट्रम्प प्रशासनलाई अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गर्ने मौका दिएको छ। त्यसका लागि अक्टोबर १४ सम्मका लागि यी करहरूलाई यथावत राख्न अनुमति दिएको रोयटर्सले जनाएको छ। यस फैसलाले रिपब्लिकन राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय आर्थिक नीतिमा प्रमुख हतियारका रूपमा भन्सार दरको प्रयोगलाई कमजोर बनाएको छ। जसकारण यस वर्ष ट्रम्पको समग्र आर्थिक नीतिमाथि एक कानुनी टकरावको स्थिति सिर्जना भएको छ। ट्रम्पले अप्रिलमा लगाएको पारस्परिक (रेसिप्रोकल) भन्सार…
Read More
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी

१४ भदौ, काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलान गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्धा पारेर आन्दोलन गर्न निर्णय गरेको हो । महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार,  अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले लिनुपर्ने बताएको छ । महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदा रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर-खेतमा फर्किने वातावरणा बनाउन…
Read More
छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ।पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्। विज्ञापन जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन्। अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरेकी छिन्। छाउगोठ नभत्काए…
Read More