Skip to main content

धनगढी न्यूज

Month: August 2025

विपक्षीको आशंकाबीच अघि बढ्यो भूमि विधेयक

विपक्षीको आशंकाबीच अघि बढ्यो भूमि विधेयक

१३ भदौ, काठमाडौं । विपक्षी दलहरूको आशंकाका बीच प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पास गरेर अगाडि बढाएको हो । पारित हुनु अगाडि सभामा भएको छलफलमा विपक्षी दलहरूले विधेयकमा शंका गर्ने ठाउँहरू रहेको बताएका थिए । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाका अनुसार विधेयकको पहिलो दफामै शंका छ । जहाँ सरकारले सूचित आदेशले जग्गाको हदबन्दी तोक्ने र हेरफेर गर्न सक्ने प्रावधान…
Read More
चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुँदा विरोध हुनु कति जायज?

चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुँदा विरोध हुनु कति जायज?

सो परेडमा जापानका पूर्व–उपप्रधानमन्त्री पनि हुँदैछन् सहभागी चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी ओलीबीच सन् २०२४ मा चीनमा भएको भेटघाट क्रममा। तस्बिर स्रोतः सिन्हा प्रधानमन्त्री केपी ओली आइतबारदेखि हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चीन जाँदैछन्। फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको 'प्रतिरोधी युद्ध' विजयको वार्षिकोत्सव अवसरमा चीनले गर्ने सैन्य परेडमा ओली सहभागी हुन लागेका हुन्। यसको पुष्टि परराष्ट्र मन्त्रालयको विज्ञप्ति र प्रधानमन्त्री ओलीले नै गरिसकेका छन्। नेपालसँग राम्रो सम्बन्ध भएको जापानको विरोधमा चीनले आयोजना गर्ने परेडमा भाग लिन लागेको भनेर अहिले कतिपयले प्रधानमन्त्री ओलीको विरोध गरेका छन्। के साँच्चै यो परेड जापान विरोधी हो? के ओली साँच्चै जापान विरोधी कार्यक्रममा…
Read More
धनगढीको मुख्य सडक निर्माण अन्तिम चरणमा, पूर्व मुख्यमन्त्री भट्ट खुसी

धनगढीको मुख्य सडक निर्माण अन्तिम चरणमा, पूर्व मुख्यमन्त्री भट्ट खुसी

धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी मुकाम धनगढीको मुख्य सडक निर्माणको निर्णय गर्न पाएकोमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले खुसी व्यक्त गरेका छन्। आफ्नो पाँच वर्षे कार्यकालमा गरिएका थुप्रै राम्रा निर्णयमध्ये धनगढीको मुख्य सडक बनाउने निर्णय पनि एक रहेको पूर्व मुख्यमन्त्री भट्टले स्मरण गरेका हुन्। धनगढी उपमहानगरसँगको सहकार्यमा सडक निर्माणको निर्णय भएको पूर्व मुख्यमन्त्री भट्टले बताए। आफ्नो कार्यकालको सुरुमै सडक निर्माण गर्न चाहेको भए पनि समन्वयको अभावले लामो समयसम्म नागरिकले अस्तव्यस्त सडक प्रयोग गर्नुपरेको र आफूले आलोचना खेप्नुपरेको पूर्व मुख्यमन्त्री भट्टले बताएका छन्। मुख्यमन्त्रीको जिम्मेवारीमा बस्दासम्म प्रदेश सरकारले सडक निर्माण गर्न सकेन भन्ने आलोचना खेप्नुपरेको भए पनि अहिले सडक निर्माणको काम अन्तिम चरणमा…
Read More
रुबी हत्या प्रकरणमा लक्ष्मणले सामाजिक सञ्जाल र प्रहरीलाई दिएको दर्दनाक बयान

रुबी हत्या प्रकरणमा लक्ष्मणले सामाजिक सञ्जाल र प्रहरीलाई दिएको दर्दनाक बयान

रौतहट : भदौ ७ गते शनिबार, साँझ साढे ६ बजे आमा मिथिलेस देबीलाई रूबीले आफू ब्युटीपार्लर हिँडेको र घरमा केही सामान ल्यानुपर्छ कि पर्दैन भनेर फोन गरेकी थिइन्। आमा-छोरीबीचको त्यो संवाद नै अन्तिम बन्न पुग्यो। साढे ६ आउँछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेसले करिब ७ बजे रूबीलाई फोन गरिन्। सुरुमा फोन उठेन। पछि स्वीच अफ भएको मोबाइल हालसम्म पनि फेला परेको छैन। यसैबीच प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेसँगै केही तथ्य बाहिर आयो। गौर-५ स्थित घरमा डेरा गरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो। गौर नगरपालिका-९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी…
Read More
सुदूरपश्चिममा गौराको रौनकः आज ‘नानी गौरा’ मनाइँदै

सुदूरपश्चिममा गौराको रौनकः आज ‘नानी गौरा’ मनाइँदै

बैतडी: सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ। बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। विज्ञापन साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ। बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ। पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यती…
Read More
आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो। सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो। त्यही विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो। त्यस मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजाय सुनाएको हो।त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई…
Read More
जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु

जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु

जन्मदिन मनाउन गएका चार किशोरको खुटिया नदिमा डुबेर मृत्यु भएको छ ।धनगढी । कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा पौडी खेल्ने क्रममा चार किशोरको ज्यान गएको छ। उनीहरू साथीसँग जन्मदिन मनाउने उद्देश्यले बाहिर निस्किएका थिए। बिहीबार दिउँसो सात जना किशोर धनगढी–५ तारानगरबाट झोलुंगे पुल नजिक नदीमा पुगेका थिए। जन्मदिनको रमाइलो गर्ने क्रममा उनीहरूले नदीमा पौडी खेल्ने निर्णय गरे। तर चार जना गहिरो पानीमा डुबेर बेपत्ता भए भने तीन जना भने सकुशल बाहिरिएका थिए। डुबेर मृत्यु हुनेमा धनगढी–५ तारानगरका १७ वर्षीय सक्षम जोशी, त्यही वडाको हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी–४ उत्तर बेहडीका जेव भण्डारी र जाबेज भण्डारी रहेका छन्। उनीहरु…
Read More
चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिन सक्छ जापान

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिन सक्छ जापान

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १५ र १६ भदौमा चीनको त्यान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि १८ गते बेइजिङमा जापानी आक्रमण विरुद्ध विजयको ८०औं वार्षिकोत्सवको सैन्य परेडमा सहभागी हुँदैछन् । प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने अहिले कूटनीतिक वृत्तमा चासो प्रकट भएको छ । नेपालको एउटा ठूलो विकास साझेदार मुलुकले चासो जनाइरहेको कार्यक्रममा ओलीको उपस्थितिले जापान चिढिनसक्ने चिन्ता प्रकट भइरहेको छ । जापानले यो परेडमा सहभागी नहुन यूरोपेली र एसियन मुलुकका सरकार प्रमुखहरुलाई कूटनीतिक रुपमा अनौपचारिक सन्देश पठाएका खबरहरु छन् । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको…
Read More
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् । ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने । उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’ उनले भने । उनले पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय भएको उल्लेख पनि गरे । स्वार्थ समूह…
Read More
डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ। धनगढी।डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ।उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए।मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते…
Read More