Skip to main content

धनगढी न्यूज

जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु

Advertisement

जन्मदिन मनाउन गएका चार किशोरको खुटिया नदिमा डुबेर मृत्यु भएको छ ।जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्युधनगढी । कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा पौडी खेल्ने क्रममा चार किशोरको ज्यान गएको छ। उनीहरू साथीसँग जन्मदिन मनाउने उद्देश्यले बाहिर निस्किएका थिए।

बिहीबार दिउँसो सात जना किशोर धनगढी–५ तारानगरबाट झोलुंगे पुल नजिक नदीमा पुगेका थिए। जन्मदिनको रमाइलो गर्ने क्रममा उनीहरूले नदीमा पौडी खेल्ने निर्णय गरे। तर चार जना गहिरो पानीमा डुबेर बेपत्ता भए भने तीन जना भने सकुशल बाहिरिएका थिए।

डुबेर मृत्यु हुनेमा धनगढी–५ तारानगरका १७ वर्षीय सक्षम जोशी, त्यही वडाको हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी–४ उत्तर बेहडीका जेव भण्डारी र जाबेज भण्डारी रहेका छन्। उनीहरु जुम्ल्याहा रहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी रणबहादुर चन्दका अनुसार चारै जनाको शव खुटिया नदीमै फेला पारिएको र पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।खुटिया नदी र कैलालीकै अन्य खोलानदीमा हरेक वर्ष डुबेर ज्यान गुमाउने घटना दोहोरिँदै आएको छ। स्थानीय बासिन्दाले खतरापूर्ण ठाउँमा चेतावनी संकेत राख्ने, प्रहरी र स्थानीय तहले सचेतना अभियान चलाउने र किशोरकिशोरीलाई जोखिमपूर्ण ठाउँमा पौडी नगर्न अभिभावकले विशेष ध्यान दिनुपर्ने बताएका छन्।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...