Skip to main content

धनगढी न्यूज

Day: August 28, 2025

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो। सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो। त्यही विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो। त्यस मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजाय सुनाएको हो।त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई…
Read More
जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु

जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु

जन्मदिन मनाउन गएका चार किशोरको खुटिया नदिमा डुबेर मृत्यु भएको छ ।धनगढी । कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीमा पौडी खेल्ने क्रममा चार किशोरको ज्यान गएको छ। उनीहरू साथीसँग जन्मदिन मनाउने उद्देश्यले बाहिर निस्किएका थिए। बिहीबार दिउँसो सात जना किशोर धनगढी–५ तारानगरबाट झोलुंगे पुल नजिक नदीमा पुगेका थिए। जन्मदिनको रमाइलो गर्ने क्रममा उनीहरूले नदीमा पौडी खेल्ने निर्णय गरे। तर चार जना गहिरो पानीमा डुबेर बेपत्ता भए भने तीन जना भने सकुशल बाहिरिएका थिए। डुबेर मृत्यु हुनेमा धनगढी–५ तारानगरका १७ वर्षीय सक्षम जोशी, त्यही वडाको हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी–४ उत्तर बेहडीका जेव भण्डारी र जाबेज भण्डारी रहेका छन्। उनीहरु…
Read More
चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिन सक्छ जापान

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिन सक्छ जापान

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १५ र १६ भदौमा चीनको त्यान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि १८ गते बेइजिङमा जापानी आक्रमण विरुद्ध विजयको ८०औं वार्षिकोत्सवको सैन्य परेडमा सहभागी हुँदैछन् । प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने अहिले कूटनीतिक वृत्तमा चासो प्रकट भएको छ । नेपालको एउटा ठूलो विकास साझेदार मुलुकले चासो जनाइरहेको कार्यक्रममा ओलीको उपस्थितिले जापान चिढिनसक्ने चिन्ता प्रकट भइरहेको छ । जापानले यो परेडमा सहभागी नहुन यूरोपेली र एसियन मुलुकका सरकार प्रमुखहरुलाई कूटनीतिक रुपमा अनौपचारिक सन्देश पठाएका खबरहरु छन् । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको…
Read More
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड

१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । पार्टीको प्रदेश सचिवालय बैठकका लागि विहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् । ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने । उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौं’ उनले भने । उनले पार्टीविरुद्ध स्वार्थ समूहहरु सक्रिय भएको उल्लेख पनि गरे । स्वार्थ समूह…
Read More
डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ। धनगढी।डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ।उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए।मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते…
Read More
गोदावरी नगरपालिकाद्वारा २ सय बढी गाईबस्तुको व्यवस्थापन

गोदावरी नगरपालिकाद्वारा २ सय बढी गाईबस्तुको व्यवस्थापन

धनगढीः तराईका जिल्लामा वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आजदेखि आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा आजदेखि पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ। बिहिवार बिहानैदेखि नगरपालिकाका नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम सम्पन्न गरिएको छ। विज्ञापन पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २ सय भन्दा बढी गाईबस्तुको ब्यावस्थापन गरेको नगर प्रहरी प्रमुख सन्धु चौधरीले बताएका छन्।…
Read More