28
Aug
धनगढीः तराईका जिल्लामा वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आजदेखि आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा आजदेखि पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ। बिहिवार बिहानैदेखि नगरपालिकाका नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम सम्पन्न गरिएको छ। विज्ञापन पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २ सय भन्दा बढी गाईबस्तुको ब्यावस्थापन गरेको नगर प्रहरी प्रमुख सन्धु चौधरीले बताएका छन्।…






