Skip to main content

धनगढी न्यूज

कृष्णपुर नगरपालिकाको दोमिल्लामा जङ्गली हात्ती बस्तीमा प्रवेश, स्थानीय त्रसित

Advertisement

दोमिल्ला अहिले जङ्गली हात्तीको त्रासमा छ । करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन्

 कञ्चनपुर । दोमिल्ला अहिले जङ्गली हात्तीको त्रासमा छ । करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा पर्ने उक्त क्षेत्रमा हात्ती गाउँमा पसेर घर भत्काउने, धान बाली मास्न थालेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय अम्बदत्त भट्टले दैनिक जस्तो हात्ती बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित बनेको बताए ।

उनले हात्तीले बस्तीमा पसेर घर भत्काउनुका साथै धान बालीमा पनि क्षति पुगाएको बताए । ‘हात्ती बस्तीमा पस्न थालेपछि अहिले हामी रातभर जाग्राम बस्न बाध्य भएका छौ’ उनले भने ‘राती हात्ती घर आँगनमै आउने भएकाले पालो पालो लगाएर रातभर कुर्ने गरेका छौ ।’ उनले हात्तीले धान बालीमा ठुला क्षति पुगाएको बताए ।

स्थानीय गणेशप्रसाद भाटले आफू घर भित्रै भएको बेला हात्तीको बथानले घर भत्काएको बताए । उनले घरभित्र राखिएको अन्न, लुगा कपडा कुल्चिएर नष्ट गरेको बताए । पछिल्लो समय दोमिल्लामा हात्तीको बथान घर आँगनमै आउन थालेको छ । हात्तीले आँगनमै पाइला बजार्न थाले पनि स्थानीय त्रसित छन् ।

हात्तीले धान खेती सँगै सामुदायिक वनमा लगाइएको अम्रिसोखेती र नेपियर घाँस समेत खाएर सखाप पारेको छ । स्थानीय मदन नेपालीले हात्तीले गाउँमा आतकं मच्चाएको भए पनि सरोकार वाला निकायले चासो नदिएको बताए । उनले हात्ती नियन्त्रणका लागि कुनै पहल नभएको बताए ।

कृष्णपुर नगरपालिका – १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले २ वटा घर भत्काएको बताए । उनले दोमिल्लाको उत्तरी क्षेत्रमा हात्तीले आतकं मच्चाएको बताए । उनले स्थानीय ३ जनाको घर भत्काएको र बाली नालीमा पनि ठुलो क्षति पुगेको बताए । हात्ती भारत स्थित दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने उनको अनुमान छन् । उनले हात्ती करिब २३र२४ को हाराहारीमा भएको बताए ।

‘दुधुवा नेसनल पार्कमा अहिले पानी छ’ उनले भने ‘पानी भरिने ठाउँबाट हात्तीहरू उँचो ठाउँमा आएको हाम्रो अनुमान छ ।’ उनले वर्षीनी हात्ती वडामा क्षति पुगाउने गरेको बताए । हात्ती बस्तीमा हात्ती आउनबाट रोक्नको लागि गाउँलेहरू मिलेर आगो बालेर हो हल्ला गरेर भगाउने गरेको बताए । हात्ती धपाउन प्रशासन कार्यालयले पटाका पनि उपलब्ध गराएको उनले बताए ।

बर्सेनि बालीमा हात्तीको बथानले खाने मात्रै नभएर कुल्चेर जाने गरेपछि किसान भने निकै समस्यामा परेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको कञ्चनपुरका कृष्णपुर नगरपालिका सँगै शुक्लाफाँटा, दोधार चाँदनी, बेल्डाडी लगायतका क्षेत्रमा रहेको बाली सँगै मानवीय र भौतिक क्षति समेत गर्ने गरेको छ ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...